बिहिबार, मंसिर १५, २०७९

रसुवामा गठबन्धनबाट विजयीले दिए सम्पुर्णलाई धन्यवाद, अब समृद्ध रसुवा निर्माणमा लागिपर्ने भनाइ


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 51
    SHARES

रसुवा । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभामा रसुवाबाट विजयी बाम गठबन्धनका उम्मेदवारहरुले सम्पुर्ण मतदाताहरुलाई धन्यवाद दिएका छन ।


विजयी पश्चात् सुरु भएको विजय उत्सब अन्तर्गत सदरमुकाम धुन्चेमा भएको सभामा गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार भइ विजयी भएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन आचार्य, प्रदेश सभा क्षेत्र क मा विजयी नेपाली काङ्ग्रेसका नेता प्रभात तामाङ, प्रदेश सभा क्षेत्र ख मा विजयी नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे जगतजङ्गले विजयी गराउन लागिपर्ने सम्पुर्ण रसुवाली मतदाताहरुलाई धन्यवाद दिएका हुन ।


सभामा चुनावी दौरानमा समृद्ध रसुवा निर्माणका लागि सारेको कुराहरु अक्षरस पालना गर्ने समेत विजयी तिनैजनाले बताएका छन । “हामिलाइ जिताएर पठाउनु भयो सबैलाई धन्यवाद दिन चाहान्छौ, अब हामी काम गरेर देखाउछौँ, ।


समृद्ध रसुवा निर्माणका लागि रसुवामा क्रियाशिल सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरिएको प्रतिनिधि सभामा विजयी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका मोहन आचार्यले बताए । गठबन्धन भन्दा माथी उठेर रसुवाको विकासका लागि काम गर्न लागिपर्ने समेत उनले बताए । कृषि, पर्यटन र जलविद्युतको एकीकृत विकास नै समृद्ध रसुवा निर्माणको आधार रहेको समेत उनले बताए ।


सदरमुकाम धुन्चेबाट सुरु बाम गठबन्धनको विजय उत्सब केहिबेरमा कालिकास्थानमा हुने बताइएको छ । जिल्लाभर नै मतदातालाई धन्यवाद दिदै उत्सब मनाइने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ