बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तीन पूर्वमन्त्रीको जमानत जफत, यस्तो छ कारण


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 223
    SHARES

काठमाडौं । कतिपय चर्चित नेताहरूले यसपटक जमानतसमेत जोगाउन सकेनन्। जसमा पूर्वमन्त्री र पटकपटक चुनाव जितेकाहरूसमेत छन्। जारी मतगणनामा हालसम्म जमानत जफत भएकामा पूर्व मन्त्रीहरू राजेन्द्रप्रसाद श्रेष्ठ, लक्ष्यमणलाल कर्ण र रामवीर मानन्धर छन्।

एक महिनाअघिसम्म पनि मन्त्री रहेका जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्रप्रसाद श्रेष्ठको जमानत जफत भएको छ। यसपटक प्रतिनिधिसभामा काठमाडौं ७ बाट चुनाव लडेका श्रेष्ठको जमानत जफत भयो। न्यूनतम १० प्रतिशत मत कटाउन नसक्दा उनको जमानत जफत भएको हो। कुल सदर मतको १० प्रतिशत कटाउन नसक्नेको जमानत जफत हुने व्यवस्था छ।

काठमाडौं ७ मा कुल ३६ हजार ६१ सदर मत रहेकामा श्रेष्ठले दुई हजार ४६१ मत पाएका छन्। कुल सदर मतको अनुपातमा उनले ६.८ प्रतिशतमात्र पाएका छन्। श्रेष्ठ मध्यावधि निर्वाचन ०५१ मा प्रत्यक्ष सांसद् चुनिएका थिए भने ०७४ मा समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद् थिए। उनी दुईपटक मन्त्री भइसकेका व्यक्ति हुन्। ०५५ मा आवास तथा भौतिक योजनामन्त्री र शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए। उनको दल जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि श्रेष्ठसहित जसपाका चार मन्त्रीलाई देउवाले गत २७ असोजमा बर्खास्त गरेका थिए।

जमानत जफत भएका अर्का उम्मेदवार हुन्, रामवीर मानन्धर। एमालेबाट टिकट नपाएपछि काठमाडौं ७ बाटै स्वतन्त्र चुनाव लडेका मानन्धर एक हजार २१५ मतमा सीमित भए। यो कुल सदर मतको ३.३ प्रतिशत हो। मानन्धर यही क्षेत्रबाट ०७० र ०७४ गरी दुईपटक सांसद् जितेका नेता हुन्। केपी ओली नेतृत्वको सरकारमा ०७६ मा उनी शहरी विकास राज्यमन्त्री भएका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि यसपटक जमानत जोगाउन सकेनन्। पर्सा १ बाट उम्मेदवारी दिएका उनले एक हजार ११७ मत पाए। ४८ हजार ५२६ सदर मतमा उनले पाएको मतको हिस्सा २.३ प्रतिशतमात्र हो। ०६४ र ०७० मा समानुपातिक सांसद् बनेका उनी ०७४ मा पर्सा ४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालमा उनी बिनाविभागीय मन्त्रीसमेत बनेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }