शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भ्रष्टाचार अभियोगमा उपसचिवसहित पाँचविरुद्ध मुद्दा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 203
    SHARES

काठमाडौं । सिंचाईं आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव र सवइन्जिनियरसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको छ।

कृषि ज्ञान केन्द्र जुम्लाका तत्कालीन प्रमुख उपसचिव डा. तपेन्द्र बहादुर शाह र सवइन्जिनियर महेश बुढ्थापा तथा उपभोक्ता समितिका तत्कालीन अध्यक्ष बाँचबहादुर सेजुवाल, सचिव माया केसी भाम र कोषाध्यक्ष बिजकन्या भामविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. ४ बालैस्थित गैराज्युला कृषि सिंचाईं आयोजनामा नभएको काम देखाइ बढी रकम मूल्याङ्कन गरेर झुठ्ठा बिल भरपाई, नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा भुक्तानी दिएर भ्रष्टाचार गरिएको अख्तियारको दावी छ। यसरी दुई लाख ११ हजार भुक्तानी दिइएको थियो।

सबइन्जिनियर बुढ्थापाले नक्कली बिल भरपाइ, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको र सोही नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदनलाई एकिन नगरी हचुवाको भरमा स्वीकृत गरी तत्कालीन प्रमुख शाहले उपभोक्ता समितिलाई भुक्तानी दिएको अख्तियारको आरोप छ। शाह र बुढ्थापाविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ।

गैराज्युला कृषि सिंचाईं निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सेजुवाल, सचिव माया र कोषाध्यक्ष बिजकन्याले सिंचाईं आयोजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गराइ आयोजनास्थलमा वास्तविक भएको कामभन्दा बढी मूल्यांकन गराइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ। उपभोक्ता समितिका तीनै पदाधिकारीविरुद्ध दुई लाख ११ हजार बिगो कायम गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }