बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्र बैंकले २० रूपैयाँ दरका ३१ करोड नोट छाप्ने तयारी गरेको छ।


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर ९, २०७९
  • 174
    SHARES

काठमाडौँ, मंसिर ९ । यसको लागि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ।

राष्ट्र बैंकका अनुसार नोट छापिएर आउन करिब एक वर्ष लाग्नेछ। आगामी १४ डिसेम्बर २०२२ मा यसको लागि प्रिबिडिङ हुनेछ।

हाल रहेको २० रूपैयाँको मौज्दातले लगभग एक वर्ष हाराहारीको माग धान्छ।

२० रूपैयाँको अत्यधिक चलनचल्ति हुने मध्यकै नोट हो। राष्ट्र बैंकबाट एक पटक बाहिरिएको यस्तो नोट ६ देखि ८ महिनामा फर्कने गर्छ।

यस्ता नोटको आयु भने तीन वर्षसम्मको हुन्छ। यसपटक छापिएर आउने नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर हुनेछ।

हाल चलनचल्तिमा रहेको नोटमा भने निवर्तमान गभर्नर डा। चिरञ्जीवि नेपालको हस्ताक्षर छ।

यसअघि २० रूपैयाँ नोट छाप्न प्रति नोट दुई रूपैयाँभन्दा कम लागत लागेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }