शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

यु-१९ राष्ट्रिय क्रिकेटमा प्रदेश-१ विजयी


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १३, २०७९
  • 208
    SHARES

काठमाडौं । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ विजयी भएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो।

मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश–१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। प्रदेश–१ को जितमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित २४ रन बनाए।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो। मधेश प्रदेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

प्रदेश–१ का लागि विपिन महतो र कप्तान दिपेश कँडेलले समान तीन–तीन विकेट लिए भने सन्देश भट्टराईले २ विकेट लिए। त्यस्तै, आशीष मगर र आश्विन महतोले समान १र१ विकेट लिए।

जितसँगै प्रदेश–१ ले फाइनल पुग्ने सम्भावना जीवित राखेको छ। प्रदेश–१ को चार खेलबाट चार अङ्क भएको छ। पराजित मधेश तीन खेलमा अङ्कविहीन छ।

प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ। प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }