शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

महिला हिंसा रोक्न स्थानीयदेखि केन्द्र तहसम्म उजुरी दिने संरचना बनाउन आवश्यक

  • माउन्टेन खबर
  • बुधबार, मंसिर १४, २०७९
  • 217
    SHARES

काठमाडौँ, मंसिर १४ । महिला तथा लैङ्गिक हिंसाबाट महिलालाई सुरक्षित बनाउन स्थानीय तहदेखि केन्द्रसम्म उजुरी दिने संरचना बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

बुधवार १६ दिने महिला हिंसाबिरुद्धको अभियानको अवसरमा आायेजित महिला तथा लैङ्गिक हिंसा र नेपाली राजनीतिमा यौनिक अल्पसंख्यक विषयक कार्यक्रम बोल्दै विज्ञहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै महिला तथा लैङ्गिक हिंसासम्बन्धी अनुसन्धानकर्ता इन्दिरा पन्थीले नेपालका राजनीतिकर्मी महिला, पत्रकार वा व्यवसायी महिलाहरु सबैले लैङ्गिक हिंसा भोग्नुपरेको अनुसन्धानले देखाएको बताउनु भयो ।
उहाँले राजनीतिक क्षेत्रमा लागेका महिलामा बढी मात्रामा लैङ्गिक हिंसा हुने गरेको बताउनु भयो । पन्थीले महिलाका कुरा पुरुष नेताले स्वीकार नगर्ने,नेतृत्वमा जान नदिने जस्ता हिंसा भोग्ने गरेको अनुसन्धानमा देखिएको उल्लेख गर्नुभयो । उहाँले महिलाहरु नेतृत्वमा पुग्दासमेत पुरुष नेताकै कारण पुगेको भनेर महिलाको चरित्र र महिलाको क्षमता माथि प्रश्न उठाउने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘पछिल्लो समय नेपालमा महिला हिंसा बढ्दो अवस्थामा रहेको छ । राजनीतिक गर्ने महिलाहरु परम्परागत सोच भन्दा माथि उठेर लाग्नुभएको छ । उहाँहरुलाई महिला हिंसा छैन होला भन्ने लाग्छ । राजनीतिक कर्मी,पत्रकार वा व्यवसायीक जुनसुकै क्षेत्रको महिला होस् उहाँहरुले लैगिंक हिंसा भोग्नुभएको हुन्छ ।

राजनीतिककर्मी महिलाहरुले ३३ प्रतिशत अधिकार संविधानले सुनिश्चित गरेको छ । तर पार्टीमा जम्मा ९ प्रतिशत महिलाको सहभागिता रहेको छ । पार्टीभित्र शक्तिमा जानको लागि सर्घष गर्नु पर्ने हुन्छ त्यहाँ लैगिक हिंसा भोग्नुपर्छ । महिला भएकाले पुरुष नेताले बोलेको कुरा स्वीकार नगर्ने,नेतृत्वमा जान नदिने जस्ता हिंसा भोग्नु हुन्छ ।

पार्टी भित्रका पुरुष नेताले विचारमा भन्दा पनि शारीरिक बनावटका विषयमा ह्यारेसमेन्टबाट पनि हिंसा भोग्नुभएको हुन्छ । पार्टी भन्दा बाहिर पनि चरित्रहीन भन्ने नेतृत्वमा पुग्दा पुरुष नेताले गर्दा पुगेकी भनेर चरित्र माथि प्रश्न उठाउने र महिला राजनीतिककर्मीको क्षमता माथि प्रश्न उठाउने काम हुन्छ । राजनीतिक महिलाकर्मीहरुमा पनि एकता छैन । राजनीतिककर्मी महिलाको हीतको विषयमा बोल्ने संरचना बनेको छैन । उनीहरु आफ्नो बलियो आत्मबल बनाएर अगाडि बढेको पाइन्छ । महिला राजनीतिक कर्मीहरु हिंसा भोगेर आफैँ बाहिर आउन बाध्य हुनुहुन्छ । महिला हिंसाबाट सुरक्षित बनाउनको लागि जिल्ला तहदेखि केन्द्रसम्म हिंसा भएको उजुरी गर्नसक्ने अवस्थामा आवश्यक छ ।’

अनुसन्धान कर्ता पन्थीले राजनीतिकर्मी महिलाको हीतको विषयमा बोल्ने संरचना नरहेको जिकिर गर्नुभयो । उहाँले महिला राजनीतिकर्मीबीच पनि एक आपसमा एकता नभएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }