बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्याङ्जा क्षेत्र नं २ मा एमालेका उम्मेदवार पद्मा अर्यालको सुरुवाती अग्रता


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 187
    SHARES

स्याङ्जा- स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालले सुरुवाती अग्रता लिनुभएको छ । उहाँले हालसम्म २ हजार छ सय ४८ मत प्राप्त गर्नुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २ हजार २ सय चार मत प्राप्त गर्नुभएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच सय दुइ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।

विगत १० दिनदेखि रोकिएको स्याङ्जा क्षेत्र नं २ को मतगणना हिजोदेखि सुरु भएको हो । निर्वाचन आयोगले मतगणना गर्न दिएको निर्देशनअनुसार मतगणना सुरु भएको हो । यही मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि गणना हुन सकेको थिएन ।

चापाकोट नगरपालिकाका ३, ४ र ५ का चार वटा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरी एकलौटी मतदान गरेको आरोप लगाउँदै नेकपा एमालेले पुनः मतदानको माग गर्दै आइरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }