शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अबकाे नेतृत्वले अर्थतन्त्रमा चलायमान भएर काम गर्नुपर्छ : गगन थापा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 138
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र यथास्थितिमा नचल्ने बताएका छन् । उनले अर्थतन्त्र चलायमान गर्न आगामी सरकारको नेतृत्व सचेत हुनुपर्ने बताए ।

बिहीबार आर्थिक पत्रकार समाज ‘सेजन’को २६औं वार्षिकोत्सबका अवसरमा बोल्दै उनले भने, ‘अर्थतन्त्र यथास्थितिमा चल्दैन, आपतकालीन अवस्था आउन सक्छ भन्ने रियलाइज गरेर काम गर्नुपर्ने अवस्था रहेको छ ।’

प्रतिनिधिसभा सदस्य पुनः निर्वाचित सांसद थापाले अबको नेतृत्वले अर्थतन्त्रमा चलायमान भएर काम गर्नुपर्ने बताए । आफूलाई भावी प्रधानमन्त्रीको रुपमा समेत दावेदार गर्दै आएका थापाले भने, ‘हामी निर्वाचनमा जसरी खटियौं, अबको नेतृत्वले अर्थतन्त्रमा पनि त्यसैगरी काम गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }