शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

समानुपातिक मतगणना : कुन दल कति औं स्थानमा ?


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 158
    SHARES

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले अग्रस्थान कायमै राखेको छ ।

एमालेले २७ लाख ३१ हजार ८५२ मत पाएको छ । नेपाली कांग्रेस २६ लाख तीन हजार ४६६ मत सहित एमालेलाई पछ्याइरहेको छ । एमाले र कांग्रेसबीचकाे मतान्तर १ लाख २८ हजार ३८६ छ । नेकपा माओवादी केन्द्र ११ लाख ५५ हजार ३०९ मतसहित तेस्रो स्थानमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उक्त पार्टीले ११ लाख आठ हजार २१७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८१ हजार ४३५ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख १६ हजार २०३ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ८६ हजार १०७ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९२ हजार ६६० मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ६८ हजार ८२३ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६३ हजार ३७ मतसहित १०औँ स्थानमा छ ।

अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् । अहिलेसम्म एक करोड दुई लाख ५० हजार ५४६ मत गनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }