शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अर्थतन्त्रमा सङ्कट छैन, चुनौती मात्र छ : अर्थमन्त्री शर्मा


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 147
    SHARES

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको भन्दै उनले यसलाई सङ्कट भन्न नमिल्ने तर्क गरेका हुन् ।

बिहीबार आर्थिक पत्रकार समाज सेजनको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले भने, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’ आर्थिक सूचकाङ्कले समेत यस्तै सङ्केत गर्ने उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न समेत उनले आग्रह गरे । नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको उनले बताए । यद्यपि राजस्व सङ्कुचन र उत्पादन वृद्धि हुन नसकेको उनले स्वीकार गरे ।

नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । अब बन्ने सरकारले संस्थागत समृद्धिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दिएको समेत बताए

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }