शुक्रबार, मंसिर २२, २०८०

दोलखामा अहिले राती ९ बजेबाट मतगणना सुरू हुने


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 159
    SHARES

काठमाडौँ-  दोलखामा प्रतिनिधिसभा सदस्यका लागि आज राति ९ बजेबाट मतगणना सुरू हुनेभएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार सर्वदलीय बैठक बसेर ९ बजेदेखि प्रतिनिधिसभा सदस्यको मतगणना सुरू हुने र भोलिबाट प्रदेशसभा सदस्यको पनि मतगणना गर्न सुरू गर्ने जानकारी दिनुभयो । दोलखामा प्रतिनिधिसभा सदस्यका लागि वाम–लोकतान्त्रिकबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की, नेकपा एमाले बाट बालकृष्ण शिवाकोटीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

दोलखाको १० मतदान केन्द्रमा आज पुनःमतदान भएको थियोे । शान्ति पूर्णरूपमा मतदान भएको र ५० प्रतिशत मत खसेको मतदान अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उक्त जिल्लाको बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }