बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास बिओटी निर्वाचन समितीबाट कृष्ण गिरीको राजिनामा


  • कृष्ण गिरी
  • बिहिबार, मंसिर १५, २०७९
  • 188
    SHARES

आदरणीय अनेसास ट्रस्टीका सम्मानित पदाधिकारी एवं सदस्यज्यूहरु तथा अनेसास अभियन्ताज्यूहरुमा सादर नमस्कार !

सर्व प्रथम आउँदै गरेको वि ओ टि निर्वाचनको निर्वाचन आयोगको सदस्यको जिम्मेवारीबाट मैले राजीनामा दिनुपरेको हुँदा म हजुरहरु सबैसँग क्षमा माग्दछु।

यो अवस्था किन आयो भनेर अनेसास परिवार र मलाई माया गर्नुहुने शुभचिन्तकज्यूहरुको चिन्ता र चासो हुनु स्वभाविकै हो। सो बारेमा
यथार्त वस्तुस्थिति यहाँ अवगत गराउन मेरो कर्तव्य हो भन्ने ठान्दछु। मेरो यो भनाइ हजुरहरु समक्ष पुर्याईदिनुहुने माउन्टेन खबरलाई साधुवाद भन्न चाहन्छु।

कुनै पनि कार्यकारिणी पद वा जेम्मेवारीमा रहदा आलोचनालाई फिडब्याकको रुपमा लिनुपर्छ र मैदान छोड्नुहुदैन भन्ने कुरामा म सदा दृढ छु। म कहिल्येइ जिम्मेवारीबाट पन्छने वा मैदानबाट भागने गरेको छैन, भाग्दिन पनि। २०४६-४७ को आन्दोलनको सफल अवतरण भए लगत्तै वर्दिया जिल्लाको कनरा जंगलमा जंगल फडानी गर्दै बसेका अन्दाजी २०औ हजारको हतियारवन्द भिडमा एउटा सुरक्षा अधिकारीको जिम्मेवारीमा हुदैगर्दा पनि फोर्स बिना निहात्ता गएर उनीहरुको समस्याको समाधान पहिल्याएर बिना कुनै क्षति सौहाद्रपूर्ण वातावरणमा वार्ता गरेर सकुसल फर्केको घटना मेरा मानसपटलमा अझै ताजै छ।

तर यहाँ सन्दर्भ अलि बेग्लै छ। निर्वाचन आयोग भनेको सबैको साझा संस्था हो, सम्पत्ति हो, विधि -विधान, विश्वसनीयता र निष्पक्षतानै यसको पहिचानहो, यो संस्था कुनैपनि अवस्थामा सन्देह र प्रश्नको घेरामा पर्न हुँदैन, आउनुहुँदैन भन्ने मेरो भनाइ

यो संस्थाले निर्भिक र निष्पक्ष रुपमा संस्थाको विधिविधान अनुरुप तोकिएको समयभित्र निर्वाचन गराउनु पर्ने हुन्छ। यहि पवित्र उद्देश्यकालागि यो आयोगले निस्पक्षरुपमा अहोरात्र काम गरिरहेको पनि छ। यहि उद्देश्यकालागि हामी काम गर्दै जादा कुनै मतदाताबाट अझै स्पस्ट भन्दा संस्थाको च्यापटरको नेतृत्व गरिसकेको, ट्रस्टीको सम्मानित सदस्य रहेको व्यक्तिबाट अनेसास बोर्ड अफ ट्रस्टीको कुराकानी संजालमा म प्रति इंगित हुने गरि, लक्षित हुनेगरी निर्वाचन आयोगमा मेरो उपस्तिथिको बैधानिकता माथि, मलाई नियुक्त गर्ने संस्थाको नियत माथि प्रश्न उठाइनु , लान्छना लगाइनु र सो पश्चात संजालमा एक खाले मौन छाउनु आफैमा दुर्भाग्यपूर्ण देखिन्छ। यस सम्बन्धमा सम्बन्धित निकायबाट आधिकारिक रुपमा नियुक्तिका प्राबधानका बारेमा कुनै प्रकारको प्रस्टीकरण वा ब्याख्या आएको भए परिस्थिति सहज हुन् सक्थ्यो होला भन्ने लाग्छ।

मेरा वा कसैका कारणले सम्पूर्ण निर्वाचन आयोगप्रतिनै प्रश्न उठ्न सक्ने वा यसप्रकारका लान्छना लाग्ने अवस्थाको सृजना हुनुहुदैन र त्यसप्रकारका नकारात्मक टिप्पणीको छाया सिंगो आयोगमा पर्नुहुदैन भन्ने मेरो दृढ मान्यता छ।
पद भन्दा पदीय आचरण र मर्यादा महत्वपूर्ण हुन्छ भन्ने मेरो अटल विश्वास रहीआएको छ।

यसर्थ संस्थाको साख जोगाउनका लागि यसलाई विवाद भन्दा पर राख्नका लागि मैले आफुलाई यस संस्थाबाट पृथक गर्नुपर्छ भन्ने निस्कर्षमा पुगेको हुँ ।
यस पृष्ठभूमिमा आएको मेरो राजीनामालाई यही परिप्रेक्षमा हेरिदिनुहुन हजुरहरु सबैमा सादर अनुरोध गर्दछु।कसै प्रति मेरो आग्रह वा पूर्वाग्रह छैन, कुनै गुनासो पनि छैन। अनेसासको अदना सदस्यको रुपमा मैले पाउदै गरेको हजुरहरुको अटुट स्नेह र सद्भावानाका लागि सदैव ऋणी रहनेछु। धन्यवाद !

विनाम्रतापुर्वक ,
कृष्ण गिरी,
निवर्तमान सदस्य, वि ओ टि , निर्वाचन आयोग २०२२
क्यालिफोर्निया।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }