मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादीका चार बागी प्रदेश सांसद तत्काल पार्टीमा नफर्किने


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १६, २०७९
  • 109
    SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका चार जना प्रदेश सभा सांसद तत्काल पार्टीमा नफर्किने भएका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका चारै जना स्वतन्त्र सांसदको रूपमा रहने बताएका हुन् ।

रुकुम पूर्वको प्रदेश सभा ‘क’ बाट निर्वाचित अजयशक्ति सरुल पुनमगर, रोल्पा प्रदेश सभा‘ख’बाट निर्वाचित दीपेन्द्र पुनमगर, पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेत र सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा ‘क’बाट जबाहरलाल कुशवाह निर्वाचित भएका थिए । यसरी पार्टी र सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै माओवादीका चार नेताले प्रदेश सभा सांसदमा जितेका हुन् ।

आफ्नो पुरानो पार्टीसहित सबै मतदाताले भोट दिएकाले तत्काल पार्टीमा नफर्किने नवलपरासी २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेतले बताए ।

यस्तै रोल्पा प्रदेश सभा ‘ख’बाट निर्वाचित दीपेन्द्र पुनले देशैभर स्वतन्त्र रूपमा निर्वाचित प्रदेश सभा सदस्यहरूसँग कुरा भइरहेको बताए । सबै स्वतन्त्र जितेका सांसदहरु र मतदातासँग सल्लाह गरेर पार्टीमा फर्किने/नफर्किने निर्णय गर्ने पुनले बताए । अहिलेकै अवस्थामा माओवादीमा फर्किने अवस्था नरहेको बताए । आफ्नो पुरानो पार्टीले समेत आफूलाई पार्टीमा भित्र्याउन कुनै पहल नगरेको पुनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }