शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रहरी महानिरीक्षक सिंह र अमेरिकन राजदूतबीच भेटवार्ता


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १६, २०७९
  • 141
    SHARES

काठमाडौँ, १६ मङ्सिर
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गर्नुभएको थियो । नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाका साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण एवं महिला तथा बालबालिकाका क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिनुभयो । भेटका अवसरमा प्रहरी महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }