शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माहोल (लघु कथा)


  • गाेपीराम भण्डारी 'बटुवा'
  • शनिबार, मंसिर १७, २०७९
  • 444
    SHARES

माहोल (लघु कथा)

“ल्हासाको बजारदेखि नासाको प्रयोगशालासम्म धनबहादुरकै चर्चा छ । यसपाली ट चुनावमा जीट निश्चिट छ” – बिपिनले धनेलाई फुर्कायाे । “ए हो र ? मलाई त त्यसो लाग्दैन ,तिमीले उचालेको त होइन नि” ? धनेले बिपिनको भनाइप्रति शंका गर्यो ।”ए! पासा पनि, म कहाँ खसाल्न जानेको मान्छे हुँ र ?टपाइलाई उचाल्छु ट? गाँउघर बुझ्नुस् न! सबैले टपाईको समाजसेवाको प्रशंसा गर्छन”- बिपिनले भरोसा दिलाउँदै भन्यो-“ढुक्क हुनुस् यसपालिको संसड टपाई नै हो । अब आजैबाट मट माग्न गाँउगाँउ हिड्नुपर्छ ।

धनबहादुरहरु केही हर्ताकर्ता कार्यकर्ता लिएर घर दैलोमा हिँडे । जति गाँउ डुलेपनि नाइ कसैले भनेनन् । सबैले मत दिन्छु नै भने । गाँउघरको माहोलले उसमा चुनाव जित्ने आशा पलायो । घर परिवारले खर्च दिन नमानेपछि आफ्नो हिस्साको जग्गाजमिन बेचेर मजाले चुनाव प्रचारप्रसार तडकभडकका साथ गर्यो । उसले चुनाव जित्ने माहोल बनायो । चुनाव सकियो । मतगणना सुरु भयो । प्रारम्भमा उत्साहित ऊ क्रमश: सिथिल र निरास हुँदै गयो । तै पनि सास छउन्जेल आस मारेन । पचपन्न प्रतिसत खसेको मतको अन्तिम परिणाम आउदा उसले दुईवटा मत प्राप्त गर्यो ।

ऊ निरास भएर फर्कदै सोच्यो ‘अब कहाँ जाने ? घर जाँउ,घरकाले भनेको मानेकै छैन । अन्त कतै जाँउ कहाँ जाने ? न जोइ छ, न जुङ्गा छ । जोइ न जुङ्गा मोही न सातु पो भइयो गाँठे’ -मनमनै गनथन गर्दागर्दै उसले झट्ट सम्झियो । ‘त्यो एउटा मत त मैले नै हालेकाे हो, त्यो अर्को मत चाही कुन कुकुरले दियो होला ! कुकुरले होला कि कुकुर्नीले होला’ ?-उसले मनमनै नामहरू केलाउन थाल्यो ।’मेरै श्रीमतीले हो कि ? छोराले पाे हो कि, भाइले हो कि?, काकाले हो कि ?दिदी बहिनीलेपाे हाे कि? दिदीबहिनी मध्यपनि कुन चाहिँ कुुकुर हाेला? अँ साला, घरका कुकुरले नउठ भन्थे दिएनन् होला । बाहिरकाले पो हो कि ? बिपिन, बिर्खे, चर्के,हर्के, चटके,ल्याम्फे—— कस्ले दियो होला त ? साला कस्ले दियाे कस्ले’? धनबहादुर सोच्दा सोच्दै उत्तर निकाल्नै सकेन। ऊ सोचाइको भूमरीमा पहिचानको माहोल खोजीरह्यो ।

-गाेपीराम भण्डारी ‘बटुवा’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }