बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फाइभजी सपोर्ट गर्ने मोबाइल सेट कम हुँदा फाइभजी परीक्षण स्थगित


  • माउन्टेन खबर
  • सोमवार, पुस १८, २०७९
  • 265
    SHARES

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजी परीक्षण तत्कालका लागि स्थगित गरेको छ। नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको थियो।

तर फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम हुँदा तत्कालका लागि परीक्षण स्थगित गरिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

नेपाल टेलिकमले २६०० फ्रिक्वेन्सीमा फाइभजी परीक्षणको अनुमति पाएको हो।

‘उपलब्ध २६०० फ्रिक्वन्सीमा फाइभजी चल्ने सेटहरुको उपलब्धता कम छ। व्यवसायीक कार्यका लागि पनि २६०० फ्रिक्वन्सी हो कि हैन भन्ने थाहा छैन,’ प्रवक्ता अधिकारीले भने, ‘फाइभजी प्रयोगकर्ता कम देखिएकाले तत्कालका लागि परीक्षण रोकिएको हो।’

नेपाल टेलिकमको आन्तरिक परीक्षणमा बजारमा उपलब्ध एक/दुई मोडलका फोनहरुमा मात्र फाइभजी सपोर्ट गर्ने देखिएको छ।

उपभोक्तालाई फाइभजी सेवा उपलब्ध गराउनु अघि टेलिकमले बजारमा उपलब्ध सबै सेटहरुमा फाइभजी चलाएर ट्रायल गर्नु पर्ने हुन्छ। यसका लागि अझै ३/४ हप्ता समय लाग्ने उनले बताए।

साथै अधिकतमले फाइभजी सेवा मोबाइलमा उपयोग गर्ने भए पनि इन्टरनेट अफ थिङ्स (आईओटी) पनि फाइभजीको प्रयोग हुन्छ। फाइभजी प्रयोग हुने सबै डिभाइसहरु नेपाल टेलिकमले  प्रयोग गरेर मात्र फाइभजी आमउपभोक्ताले प्रयोग गर्न सक्नेगरी ल्याउने योजना रहेको उनले सुनाए।

नेपाल टेलिकमले पहिलो चरणमा काठमाडौंमा फाइभजी परीक्षण शुरु गर्ने योजना बनाएको थियो। यसका लागि काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी उपकरण जडान गरिसकिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }