
रसुवा । रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको बाह्रौं हिउँदे गाउँ सभा सम्पन्न भएको छ।
सुन्दर,सुखी,सुरक्षित,सुसँस्कृत र समृद्ध नौकुण्डू भन्ने मुल नाराको साथ गाउँ सभा सर्वसम्मत रुपमा पारित भएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले ले बताउनुभयो।
सभामा अध्यक्ष घले ले आर्थिक तथा कार्यक्रम संशोधन विधेयकको सम्बोधन गर्नुभएको थियो।
सभामा उपाध्यक्ष चन्द्र बहादुर गलन,प्रमुख प्रशासकीय अधिकृत,वडाअध्यक्षहरु र गाउँ सभाको सदस्यहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया
सम्बन्धित समाचार