बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आशीर्वचन ( पुस्तक चर्चा )


  • तीर्थराज अधिकारी
  • बुधबार, पुस २०, २०७९
  • 628
    SHARES

आशीर्वचन

माटोको सुगन्धसित ठूलो भावना जोडिएको हुन्छ। यहाँ कविले सुगन्धित अन्न उब्जाउने,फलफूलहरू उत्पादन गर्ने,आफैं सुगन्ध फैलाउने माटोको वर्णन गरेका अवश्य होइन। यस संग्रहमा संगृहीत मुक्तक खण्डमा मातृभूमिप्रतिको कवि मनको भाव प्रस्फुरित भएको हो। यो सुगन्धित माटोमा नेपाली संस्कृति,पारंपारिक व्यन्जन,अनेकतामा एकता,अन्योन्य नाता कुटुम्ब , चाल चलन र भाषिक विशिष्टताको माध्यमबाट उब्जिएको अनमोल सुगन्ध सित कविको हृदय बोलेको हो।

लेखकले विषय र कथ्य वस्तुको यथार्थ निर्वाह गरेको महसुस हुन्छ। यसमा मध्याम तथा उच्च स्तरका पाठकलाई ध्यानमा राखेर लेखिएको छ। कविले यस पुस्तकमा अति मार्मिक र कलात्मक किसिमले आफ्नो भावना प्रस्तुत गर्नु भएको छ। यस पुस्तकमा तीन खण्ड(विषय) छन्,गीत,कविता र मुक्तक। पुस्तक भावपूर्ण रचनाले भरिभराउ छ। सरल र सरस शव्दमा रोचक प्रस्तुति यस पुस्तकको मूल विशेषता हो। यो पुस्तक स्वतह पूर्ण छ। अनौठा शव्दहरूको संयोजनले पठनीय र रोचक बनेको छ।

साहित्यिक भिडमा धकेलिन पनि सकिन्छ एक्लै पनि पर्न सकिन्छ। यो कीर्ति यही सोच र उर्जा बोकेर हामी माझ आएको छ। म उहाँको विचारको सम्मान गर्दछु,उहाँको भावनाको सम्मान गर्दछु तथा उहाँको कलमको सम्मान गर्दछु। विचारको यथार्थता र कल्पनाको समुच्चता यसमा समाविष्ठ छ। मौलिक शैली,नूतन विचार र आधुनिक सोच यस संग्रहको विशेषता हो। कविता,मुक्तक तथा गीतको शक्ति र संभावना यसमा प्रयुक्त भावनाबाटै आँकलन गर्न सकिन्छ। यस संकलनको अन्तर्वस्तुको रुप पुस्तक निर्माणमा छर्लङ्ग देखिन्छ।

गीत भन्दा खेरि कतै पढे देखेको एउटा पंक्तिको संझना आउँछ ‘गीत एक अनवरत नदी हो”। हुन त गीतकार न पहिलो हुन् न अन्तिम। यो अनवरत धारमा धेरै गीतहरू बगे र बगिरहेछन्। ती मध्य मेरो समीपमा आएका गीतकार मध्य “राम लामा ‘अविनाशी” एक हुन्, जसका गीतहरू गायनको माध्यमबाट सुन्न योग्य छन्,हृदय स्पर्सी छन् भन्नमात्र खोजेको हुँ।

विचारको परिभाषामा निश्चित सीमारेखा हुँदैन। यो त समय सन्दर्भ र सामाजिक स्विकृति वा मान्यताद्वारा निर्माण हुन्छ। समाज कल्याण तथा मानवमात्रको चौतर्फी रक्षाको लागि काव्य साधनारत कवि युगबोधबाट प्रेरित भएर पूर्ण प्रगतिवादी लेखक बनेका छन्। कविले आफ्नो जीवनको अनुभवलाई गीति काव्यको माध्यमबाट अभिव्यक्त गर्दछ। गीत,गजल,मुक्तक,कविता सबै कविताको विधाभित्र पर्दछन्। त्यसैले यो कविता संग्रह हो। यस पुस्तकमा समावेश एउटा मुक्तक-

इश्वरको देन हो यो सुन्दर पृथ्वी अनि प्रकृति
जहाँ छन् विविध भाषा, कला, सँस्कार र संस्कृति
परंपराको सँरक्षण गर्नु समोचित होइन र मित्र ?
पश्चिमी सिको गर्दै कसै नभित्रियोस बिकृति।

यो सराहनीय कार्यको लागि मेरो तर्फबाट उज्जवल भविस्यको हार्दिक शुभकामना। यस क्षेत्रमा नवाचार तथा नवीन विचारको गम्भीर कमी देखेको छु। आधुनिक लेखनलाई स्थापित गर्नमा यस पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। नेपाली साहित्यको प्रोन्नयनमा यस विषयले एउटा इंटा थप्ने छ भन्नेमा म विश्वस्त छु। यसरीनै कलम चलिरहोस् कविलाई सुभाशीर्वाद छ ।

तीर्थराज अधिकारी
पोखरा-१० हाल- ओहायो संयुक्त राज्य अमेरिका।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }