
अस्मिताको खोजः-
“तरङ्गहरू मनका” महत्वपूर्ण पङ्तिहरू:-
“जिन्दगीका काँढालाई
पन्छाऔं हाँसी हाँसी
चम्कौं आदित्य बनी यस विश्वमा
चढौं विकासको उच्च सगरमा
त्यागी ईर्ष्या, बिर्सी अहंकार
माया र सद्भावको सुगन्ध फैलाउँ”।-पेज १२ (ढिपी)
XXX
“के प्रेम वासना हो?
होइन, आत्माको डद्गार हो प्रेम
प्रेमनै आस्था हो
आस्थानै विश्वास हो,
विश्वासनै सर्वस्व
सर्वस्वनै पूर्ण सार्थकता,
अनि सार्थकतानै जीवनको सही अर्थ”।-पृष्ठ १९(प्रेम के हो?)
XXX
“मानवका कुभावना र कुविचारनै
शङ्काका मूल कारण हुन्
शंका विनाको चैनपूर्ण क्षणको
अवतरण कहिले होला?
कहिले होला निर्धक्क भएर
ढुक्कसाथ सबैको समान रुपमा
बाँच्ने दिनको आगमन”।-पृष्ठ २६ (शंका)
XXX
सहन्छौ फूल बनी कठोर असिनाका पीडा
प्रदान गर्छौ शीतलता जूनझैं अरुमा
नारी तिमी पूजाकी प्रतिमूर्ति
नारी तिमी फूल भन्दा पनि कोमल”।-पृष्ठ ३२ (नारी)
माथि उल्लेखित अंश “तरङ्गहरु मनका” महत्वपूर्ण पङ्तिहरुः-
रीतादेवी प्रधान(जोशी) रुमाठका बुध्दिशीलताका उपज हुज्। उनको लेखनीको शुरुवात वा लेखन- पद्मकन्य कलेजको वार्षिक मुखपत्र “कस्तुरी”मा “म” शीर्षकको कविता प्रकाशनबाट भएको हो।
“रत्नश्री” पत्रिकामा कविता प्रकाशन-यसमा मदनदेव भट्टराईको प्रोत्साहन पाउनु भएको थियो।
“अन्ध विश्वास भित्रका विश्वासहरु” एउटा महत्वपूर्ण पुस्तक।
“डायस्पोरिक कथा” Voice of Diaspora यसमा दश ओटा कथा समावेश छन्।
उनको एउटा सचित्र बाल उपन्यास पनि छ।
समसामयिक जीवन र जगतसंग संवद्ध विषय, मानवीय संवेदना, आध्यात्म चिन्तन, स्वतन्त्ताको पक्षपाती, सकारात्मक सोच, देवताको सार्थक पूजा, देशप्रेम, घमण्डको परित्याग र शान्तिगामी विचार उनका लेखनका आधार हुन्।
छोटा र ठिक्कका कविता र केही मुक्तक गरेर जम्मा तीस कविता समावेश भएको यस संग्रहमा मैले के पाएँ?
क- कोमल कविहृदयको अनुभूति अभिव्यक्त भएको।
ख- स्पर्श बिम्ब र विराट बिम्ब दुबैको प्रयोग।
ग- मूल कथ्य- अस्मिताको खोज।
घ- सशक्त र मार्मिक कविता संग्रह।
ङ- जटिलता र दुरुहता बीच अन्तर्निहित प्रगतिवादी स्वर, मूल स्वर।
च- बिम्बको अर्थ हो “मूर्त रुप प्रदान”।
यस कविता संग्रहमा समावेश गरिएका कविताको वर्गीकरणः-
आकर्षण ->प्रश्न, विषमता र सोधाई।
स्मरण- >हिजो आज र भोलि र जव एक हुन्छन्।
बन्धन र प्रेम- >पंक्षी र बन्धन, प्रेमी, प्रेम के हो? रुन खोज्छु, प्रेमाच्छा र ढिपी।
प्रेरणा र आस्था-> तिमीनै मेरो प्रेरणा, पुजारी, विचित्र सृष्टि र मनको विविधता।
नारीत्व->नारी, नसंझ तिमी र केही भन्न मन लाग्छ।
समाज-> हे कर्णधार युवा, गौरवशाली आठ दल, नेपाल आमाको आवाज, ल्याउ शान्ति, बन्धन, हे विकसित समाज र शंका।
सन्सार->जिन्दगी र फूल, पुकार , किन किन?, मान्छे र म।
मुक्तक->केही भन्न मन लाग्छ, नसंझ तिमी, जव एक हुन्छन्, रुन खोज्छु , जिन्दगी र फूल र पुकार।
कवितामा आधुनिकता;-
क, आधुनिक काललाई गद्यकाल पनि भन्नु पर्दछ।
ख, नव युगको चेतना।
ग, भाषामा परिष्कृतता।
घ, राष्ट्रिय भाव समाहित।
मेरा कुराः-
१- यो समीक्षा होइन पाठक प्रतिकृया मात्र हो।
२- म कुनै कुरो अधिरोपित गर्न चाहन्न।
३- आधुनिक कालमा छन्द र अलङ्कारबाट कविता मुक्त छन्।
४- यस कविता संग्रहमा भाव तत्वको प्राधन्यता छ।
५- सरल भाषा र छोटा कविता पाठकको मन जित्न सफल।
६- यी जीवन वादी कविता हुन्।
७- रस यस कविता संग्रहको आत्मा हो।
८- यी कवितामा जिन्दगीका अनेक रंग भेटिन्छन्। कविताको क्यान्भासमा जिवनको रंग लेपिएको छ।
९- कविताम शिल्प सौन्दर्य, भाव गाम्भीर्य र सरलता पाइन्छ। यीनै विषयहरुका साथ कवियित्रीज्यूमा उज्ज्वल भविष्यको कामना गर्दै संपूर्ण आदरणीयपाठकहरुमा हार्दिक आभार व्यक्त गर्दछु।
छोटकरीमाः-
“तरङ्गहरु मनका” रीतादेवी प्रधान (जोशी) रुमाठ।
प्रकाशन- २०७९साल (सन्२०२२)
मूल्य- USD 10, पेज-५६
पुस्तक सज्जा- विमल ताम्राकार
प्रकाशक-कुतः पिकाक, दिपकमान प्रधान, तिबुक्छे, ख्वप।
भूमिका- राम बहादुर बोगटी, अर्पण प्रधान, खेशरमान ताम्राकार, पूर्ण ताम्राकार र धुर्व मधिकर्मी।
समर्पण-> कामिनी देवी जोशी (आमा)
->हिरन्य धोज जोशी (बुबा)
-तीर्थराज अधिकारी
पोखरा-१०, हाल- ओहायो, संयुक्त राज्य अमेरिका।