बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ऋचालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड


  • माउन्टेन खबर
  • सोमवार, माघ ९, २०७९
  • 284
    SHARES

सिड्नी , अष्ट्रेलिया।अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्नु भएको छ ।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उहाँले आयोजकलाई धन्यवाद दिनुभयो । “हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको सङ्घर्षलाई प्रस्तुत गरिएको छ”, अभिनेत्री शर्माले भन्नुभयो ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्‌को श्रीमतीको भूमिका उहाँले निर्वाह गर्नुभएको हो । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ ।

फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गर्नुभएको छ । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुनुहुन्छ ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेशनल फिल्म फेस्टिभल, अथ्विकवारुणी इन्टरनेशनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ ।

अठाइस मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ । यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }