आइतवार, माघ २२, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

पून थपियो मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 38
    SHARES

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने समय पुनः थप गरिएको छ । अब सो आईपीओमा माघ १५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।

जसमध्ये वैदेशिक रोजगारमा गएका नागरिकलाई आवेदन भर्ने आज अन्तिम दिन हो भने आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि समय थप गरेर अब माघ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको छ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४ सय २५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५ सय ७० कित्ता शेयर पनि निष्काशन गरेको छ।

सो शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ