शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

म्याच फिक्सिङ काण्ड : दर्जन बढी खेलाडी शंकाको घेरामा


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 224
    SHARES

काठमाडौं । नेपाली क्रिकेट खेलाडी पहिलोपटक ‘स्पट फिक्सिङ’ काण्डमा मुछिएका छन् ।

नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले दुई जना खेलाडी पक्राउ गरेको छ । ब्यूरोले सोमबार राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलमलाई पक्राउ गरेको हो ।

दुई साताअघि सम्पन्न विवादास्पद लिगलाई क्रिकेट लाइभ बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आयोजकमध्येको एक पक्ष फरार प्रकरणमा गृह मन्त्रालयले छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो । प्रारम्भिक अनुसन्धानपछि दुई क्रिकेटर पक्राउ परेका हुन् ।

ब्युरोका एक अधिकृतका अनुसार स्पट फिक्सिङमा विदेशी खेलाडीहरूसहित अन्य खेलाडीको पनि संलग्नता देखिएको छ । ति अधिकारीले भने-‘दर्जनभन्दा बढी खेलाडी शंकाको घेरामा छन्, त्यसमध्ये प्रत्यक्ष संलग्न भएको प्रमाणकै आधारमा साेमबार दुइ खेलाडी समातिएका हुन् । उनीहरूसँग जोडिएका अरू पनि हुन सक्छन् ।’

स्पट फिक्सिङबारे जानकारी गराउन केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन आयोजना गरेको छ । मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराइने केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }