आइतवार, माघ २२, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

स्पट फिक्सिङमा १० जनाको संलग्नता, कस्तो छ कानूनी प्रावधान ?


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 30
    SHARES

काठमाडौं । नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १० जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले जनाएको छ । मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली मध्येको चार टिम काठमाडौं नाइट्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो ।

साथै फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २ जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै सीआईबीका कार्यवाहक प्रवक्ता एसपी सञ्जयसिंह थापाले महबुब आलमले दुई नेपाली खेलाडीलाई फिक्सिङका लागि आर्थिक प्रलोभन गरेको तथा दुई खेलाडी र चार विचौलियासहित १० जना यस घटनामा संलग्न देखिएको थापाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयको निर्देशनपछि थालेको अनुसन्धानमा खेलाडीलाई ६ देखि १० लाख रुपैयाँ सम्मको प्रश्ताव गरिएको सिबिआइले जनाएको छ । फिक्सिङका लागि उनीहरुलाई प्रत्यक्ष तथा अन्य समाजिक सञ्जाल र फोन, सन्देशबाट अप्रत्यक्ष रुपमा प्रलोभनमा पार्ने प्रयास गरिएको थियो । यस्तै सिआइबीकै अनुसन्धानले प्रतियोगितामा कमर्सियल पार्टनरको रुपमा रहेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको भुमिका समेत शंकास्पद रहेको जनाएको छ ।

पुस ९ गतेबाट शुरु भएको प्रतियोगिताको लिग चरणअन्तर्गत काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीचको खेल दौरान दुवै टोलीका खेलाडीले पारिश्रमिक नपाएको भन्दै मैदान उत्रन अस्वीकार गरेपछि नेपाल टी–२० लिगको विवाद र फिक्सिङ प्रकरण बाहिरिएको थियो । सो खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको प्रश्ताव आएको र आफूहरुले यसबारे एन्टी करप्सन युनिट (एसियु) लाई जानकारी गराएको जनाएका थिए ।
स्पट फिक्सिङमा संलग्न भएका मेहबुबबाट आदिल अन्सारीलाई एउटा नो बल र एउटा वाइड फाल्न एप्रोच भएको थियो । जम्मा पाँचजना खेलाडीलाई फिक्सिङका लागि प्रश्ताव गरिएको उनको भनाइ छ । अन्य फिक्सिङमा संलग्न नाम भने पत्रकार सम्मेलनमा सार्वजनिक गरिएन । कार्यवाहक प्रवक्ता थापाले अनुसन्धानको काम भइरहेको अवस्थामा कसुर भइ ठहरिएमा पक्राउ गर्ने कठिन हुने भन्दै अन्यको नाम सर्वाजनिक नगरेको बताए । साथै यसमा नेपाल क्रिकेट संघ (क्यान) को कुनै संलग्नता नभएको सीआईबीले जनाएको छ ।

मुलुकी अपराध संहीता २०७४ ले खेल मिलेमतो तथा म्याच फिक्सिङसम्बन्धी कसुरमा सजाय निर्धारण गरेको छ । संहीताको दफा ५१ उपदफा ३ मा नेपालमा वा विदेशी मुलुकमा खेल मिलेमतो गरे ३ वर्षसम्म कैद र ३ हजारसम्म जरिवाना तोकेको छ । त्यस्तै फिक्सिङमा लेनदेन भएको रकम सबै जफलत हुने कानूनी व्यवस्था छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ