बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तीन सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्छ : गभर्नर अधिकारी


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 186
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने आशय व्यक्त गर्नुभएको छ । रोल…
मंगलवार राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने बताउनुभएको हो ।

उहाँले पछिल्लो समय निजी क्षेत्रका वाणिज्य बैंकहरुको मर्जरले सरकारी बैंक सानो हुन नखोज्दा खोज्दै पनि सानो बन्नुपर्ने अवस्था आएको भन्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताउनु भयो । उहाँले सरकारले अहिले निजी क्षेत्रका बैंकको मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था नगरेको बताउनु भयो । गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले अहिलेको व्यवसायीक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको बताउनु भयो । उहाँले सरकारी बैंकहरु अहिलेको व्यवसायिक आवश्यकता बुझ्न पछाडि भएको शंका राष्ट्र बैंकलाई लागेको बताउनु भयो । उहाँले आवश्यकतालाई सरकारी बैंकहरुले महशुस गरेर नेपाल सरकार र तीन वटा सरकारी बैंकहरुबीच छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरका लागि अगाडि बढ्नु उपयुक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अहिले वित्तीय प्रणालीमा बैंक छ घटेका छैनौं ठूलै छौं । विगतको भन्दा तल गएका छैनौं । अरु बैंकसँग स्वाभाविक रुपमा सानो भएका छौं । अहिले बैंकहरुको बिग मर्जरको प्रक्रियाले बैंकलाई सानो बन्न नखोज्दा खोज्दै पनि सानो भइरहेका छौं । बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यत्मक व्यवस्था गरेको थिएन । बैंकहरु आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ । कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न ? भन्ने हामीलाई शंका लागिरहेको छ । यो आवश्यकतालाई पनि महशुस गरेर छलफल नेपाल सरकारसँग र तीनवटा सरकारी बैंकहरु हुनुहुन्छ । सबैसँग छलफल गरेर वास्तविक आवश्यकता हो भने राष्ट्रिय वाणिज्य बैंक अगाडि बढ्न उपयुक्त हुन्छ । तर राष्ट्र बैंकले कसैलाई पनि मर्जरको बाध्यत्मक व्यवस्था गरेका छैनौं । बैंकिङ सधैँ सहज छैन । बैंकिङ व्यवसाय अत्यन्तै चुनौतिपूर्ण व्यवसाय हो । एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना ओभर ड्यु भयो भने ३ अर्बको प्रोभिजम प्रवन्ध गर्नुपर्छ । बैंकको एक वर्षको प्रोभिजन सकियो । त्यसैले बैंक त्यति चुनौतिपूर्ण छ । बैंकका कर्मचारीहरु संवेदनशिल भएर बैंकको व्यवस्थापनमा लाग्नुपर्छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा गरेका व्यवस्थाहरुमा हाम्रा एजेण्डाहरु अगाडि छन् । राष्ट्र बैंकले बैकिङ सेवालाई मुलुकभर बढाउन खोजेका छौं । ७५३ मध्ये ७५२ स्थानीय तहमा बैंकका शाखाहरु पुगेका छन् । एउटा स्थानीय तहमा पु¥याउन सकिएको छैन । राष्ट्र बैंकले अहिले डिजिटल बैंकिङ कारोबारलाई बढाएको छ । कोभिडपछि डिजिटल कारोबार सन्तोषजनक रहेको छ ।’

गभर्नर अधिकारीले बैंकिङ व्यवसाय चुनौतिपूर्ण व्यवसाय भएको बताउनु भयो । उहाँले एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना उठ्न नसके ३ अर्बको पुँजी व्यवस्था गर्नुपर्ने अवस्था आउने बताउनु भयो । उहाँले राष्ट्र बैंक मुलुकभर बैंकिङ सेवा बिस्तार गर्न लागिरहेको बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }