बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनलाइनलाई नियमित अभिमुखीकरण गरौँः सञ्चारमन्त्री शर्मा


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 193
    SHARES

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ अनलाइनलाई जस्तै चलिरहेका अनलाइनका सञ्चालकरसम्पादकलाई पनि नियमित अभिमुखीकरण गर्न सुझाव दिनुभएको छ । आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमणका क्रममा मन्त्री शर्माले काउन्सिलले दिने आचारसंहितासम्बन्धी प्रशिक्षण र अभिमुखीकरणलाई अझै व्यापक र प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

प्रेस काउन्सिलले पछिल्लो समय नयाँ अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा सञ्चालन गर्दै आएको छ । मन्त्री शर्माले सञ्चार मन्त्रालयले आमसञ्चारसँग जोडिएका विषयसँग सम्बन्धित रहेर काम गर्ने बताउनुभयो ।

आमसञ्चार क्षेत्रलाई आचारसंहिताको पालनासहित थप जिम्मेवार बनाउन काउन्सिल सक्रियतापूर्वक लाग्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री शर्माले काउन्सिल सङ्ग्रहालयमा आमसञ्चार माध्यमका प्राचीन माध्यमको संरक्षण हुने भएकाले नयाँ पुस्ताका लागि यो अति नै महत्वको काम भएको बताउनुभयो । उहाँले सञ्चारका मुद्दालाई व्यवस्थित बनाउन प्रेस काउन्सिल ऐन समसामयिक बनाउने लगायतबारे सरोकारवालासँग समन्वय हुने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले प्रेस काउन्सिल कर्मचारी विनियमावली स्वीकृत भइसकेको र अन्य ऐन, कानुन प्राथमिकताका साथ अगाडि बढाइने जानकारी दिनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रको नियमनकारी निकायलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । उहाँले सीमित जनशक्ति र स्रोत साधनको अभावमा पनि काउन्सिलले आफ्नो जिम्मेवारी बहन गरिरहेको स्मरण गराउँदै काउन्सिललगायत आम सञ्चार क्षेत्रका समस्या सम्बोधन गरिदिन आग्रह गर्नुभयो ।

काउन्सिलका सदस्य सचिव शङ्कर नेपालले प्रेस काउन्सिल आर्थिक प्रशासन विनियमावली शीघ्र मन्त्रालयमा पठाउने तयारी भएको हुँदा स्वीकृतिको लागि सहयोग गर्न आग्रह गर्नुभयो । काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलका विषयमा संक्षिप्त जानकारीसहित समस्या र चुनौतीबारे जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }