
काठमाडौँ । सरस्वती पुजाको अवसर पारेर सामाखुशीस्थित महर्षि स्कूलमा ईन्द्रेणीको वृहद सांस्कृतिक कार्यक्रम भएको छ ।
विभिन्न रचनात्मक कार्यक्रम गरी विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको सो स्कूलले आज सरस्वती पुजाको अवसर पारेर सरस्वती पुजा विशेष कार्यक्रम तथा इन्द्रेणी समूहको वृहद सांस्कृतिक प्रस्तुती गरेको हो ।
आज महर्षि स्कूलमा ईन्द्रेणीका चर्चित कलाकार कृष्ण कडेंल, मनमाया वाइवा, छत्र शाही, आयुष्मा गौतम, पुजा देवकोटा, सुप्रिम मल्ल ठकुरीलगायतका कलाकारको वृहद सांस्कृतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाशचन्द्र दवाडीले विद्यार्थीलाई पढाईको अलावा विभिन्न रचनात्मक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गर्न ईन्द्रेणी लोकदोहोरी कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद पण्डित, विद्यालयका प्राचार्य निर्मल पौडेल र सामाखुशी क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको सहभागीता रहेको थियो ।
सरस्वती पुजाको अवसर पारेर आज विहान विद्यालय प्राङ्गणमा होम होमादी तथा पुजाआजासमेत गरिएको थियो । मन्टेश्वरीदेखि कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको महर्षीमा हाल ७०० विद्यार्थी अध्ययनरत छन् ।
मन्टेश्वरीको छुट्टै विल्डिङ, व्यवस्थित क्यान्टिन, बास्केटबल कोर्ट, स्वीमिङ पुललगायतको व्यवस्था भएको उक्त विद्यालय सामाखुशीको पवित्रनगरमा अवस्थित छ ।