शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

अर्को बैङ्कको एटिएमबाट पैसा झिक्दा घट्यो लाग्ने शुल्क


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १७, २०७९
  • 86
    SHARES

काठमाडौं । एउटा बैङ्कको कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ ।

बैङ्क तथा वित्तीय संस्थाले अन्तर एटिएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् ।

यसअघि यस्तो कारोबारमा बैङ्क तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।

राष्ट्र बैङ्कले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमार्फत अन्तर एटिएम कारोबार शुल्क घटाइएको हो ।

‘बैङ्क तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’एकीकृत निर्देशिकामा भनिएको छ ।

शुल्क घटाएसँगै राष्ट्र बैङ्कले हरेक अन्तर एटिएम कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटिएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो ।

यस्तै, बैङ्क तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एप्लिकेशन (एप) वा इन्टरनेट बैङ्किङ मार्फत विद्युतीय रकमान्तर (इन्टर बैङ्क फण्ड ट्रान्सफर) गर्दा सेवा प्रदायकहरूले प्रतिकारोबार अधिकतम १० सम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको छ ।

यसअघि यस्ता कारोबार गर्दा लिने शुल्क राष्ट्र बैङ्कले तोकिदिएको थिएन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ