
काठमाडौं । एप्पलले हाल भारतामा एयरपड्सको लागि पार्टसहरु निर्माण गरिरहेको छ। कम्पनीको पार्टपुर्जाहरूका लागि अन्य ब्रान्डहरूमा निर्भरता रोक्नको लागि आवश्यक पार्टपुर्जाहरू आफ्नै कम्पनीमा उत्पादन थालनी गर्नू निकै महत्त्वपूर्ण कदम भएको बताइएको छ। त्यसैगरी एप्पलले भारतमा उत्पादन बढाउने योजना बनाएको हुनाले कम्पनीको लागि उक्त उत्पादन आवश्यक पर्ने उल्लेख गरिएको छ। समाचारमा उल्लेख गरिए अनुसार भारतीय फ्याक्ट्रिको एप्पल एयरपड्सहरु सक्रिय भइसकेको र कम्पनीले आफ्नो एयरपड्सहरु चीन र भियतनाममा बेचिरहेको उल्लेख गरिएको छ। साथै यो एप्पलको भारतमा बनाइने दोस्रो प्रोडक्ट रहेको बताइएको छ।
एप्पलले भारतमा एयरपड्सको निर्माण कार्य थालनी गर्यो
यसअघि एप्पलले भारतमा आफ्नो फ्ल्यागशिप आईफोनको मास प्रोडक्सन सुरु गरेको थियो। उत्पादन लागत कम गर्ने मुख्य लक्ष्य सहित कम्पनीले उक्त कदम चालेको थियो। साथै यसले गर्दा कम्पनीको पार्टपुर्जाका लागि अन्य ब्रान्डहरूमाथिको निर्भरता पनि कम हुने बताइएको छ। अमेरिकी व्यापार र लकडाउन कारणले गर्दा कम्पनीले आफ्नो उत्पादन ढुवानीमा समस्या भाग्नु परिरहेको उल्लेख गरिएको छ। । यसैबीच, अन्य टेक कम्पनीहरूले पनि भारत सरकारसँग स्वीकृतिको लागि पर्खिरहेको भनी थप बताइएको छ।
उदाहरणका लागि, ह्वावे, रियलमी लगाएत अन्य केही चिनियाँ ब्रान्डहरूले आफ्नो कारखानाहरू स्थापना गर्ने तयारी गरिरहेको बताइएको छ भने हाल सम्ममा १४ ओटा चिनियाँ स्मार्टफोन ब्राण्डहरुले प्रारम्भिक स्वीकृति पाउन सफल भईसकेको भनी उल्लेख पनि गरिएको छ।
अधिकांश टेक कम्पनहिरुले भारतमा कारखाना स्थापनाको लागि स्वीकृति अनुमति खोजिरहेको बताइएको छ। भारतमा एप्पल एयरपड्सको लागी क्लियरेन्स प्राप्त गर्ने एप्पल पहिलो कम्पनी रहेको बताइएको छ। यसको कारण भने भारत सरकारद्वारा प्रस्तुत गरियको आर्थिक लाभको योजना रहेको बताइएको छ। छोटकरीमा भन्नु पर्दा इयरफोन बनाउने कम्पनीहरूलाई सरकारले लाभ प्रदान गर्ने भनी बताइएको छ भने यसबाहेक स्मार्टवाच बनाउने कम्पनीहरूले पनि उक्त लाभ लिन सक्ने भनी थप उल्लेख गरिएको छ।
नयाँ नीतिलाई ध्यानमा राख्दै एप्पलले आफ्नो उत्पादन बढाउने छ भनी एक रिपोर्टमा उल्लेख गरिएको गीजचाइनाले बताएको छ। साथै भारतमा उत्पादन तीन गुणाले बढाइने र उक्त लक्ष्य आगामी दुई वर्षभित्र पूरा हुनेछ भनी थप उल्लेख गरिएको छ। यसबाहेक ८ लाख ५८ हजार स्क्वायर फिट क्षेत्रफल भएका र २५ सय कामदार रहेका कम्पनीले उक्त सुविधा पाउने नीतिले बताएको उल्लेख गरिएको छ। त्यसैगरी उक्त नीतिले पुणे, पश्चिमी भारतलाई पनि लक्षित गरि रहेको बताइएको छ।
यद्यपि एप्पलले भारतमा उत्पादन सुरु गर्नको लागि भारत सरकारको अनुमतिको पर्खाइमा रहेको उल्लेख गरिएको छ। हालसम्म, एप्पलले युरोप र मध्य पूर्वमा फोनहरू ढुवानी गरिरहेको र सन् २०२३ मार्चमा कुल निर्यात २.५ बिलियन डलर पुग्ने दाबी गरिएको छ।
त्यसैगरी एप्पलको खुद आम्दानी अर्को महिना सम्ममा दोब्बर हुने आशा गरिएको छ। साथै कम्पनीलाई आफ्नो उत्पादन इकाईहरू चीनबाट बाहिर सार्न भने अझै आठ वर्ष लाग्ने भनी रिपोर्टहरूमा उल्लेख गरिएको छ। यद्यपि एप्पलले २०२२ मा एप्पल एयरपड्सको सेटअप गर्न सफल भएको उल्लेख गरिएको छ।