बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री पार्टीको आन्तरिक छलफलमा


  • माउन्टेन खबर
  • बुधबार, माघ १८, २०७९
  • 159
    SHARES

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक छलफलमा जुटेका छन् । बुधबार बिहानै प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि उनी पार्टीका नेताहरुसँग आन्तिरिक छलफलमा जुटेका हुन् । नागरिकता विवादमा सर्वोच्च अदालतले रबि लामिछानेको सांसद पद खारेज गरेसँगै उनी गृहमन्त्रीबाट स्वतः .पदमुक्त भएका थिए । गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता प्राप्ति गरेका लामिछाने यतिबेला आफूलाई गैरसांसदको रुपमा छ महिनाका लागि पुन सोही मन्त्रालयमा फर्काउनका लागि एमाले अध्यक्ष ओली समक्ष अनुनय गरिरहेका छन् ।

एमाले अध्यक्ष ओली रबिलाई पुनः गृहमा पर्काउन सकारात्मक भएपनि प्रधानमन्त्री प्रचण्ड गैरसांसदका रुपमा रबिलाई गृहमा फर्काउन तयार छैनन् । यसबीचमा प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष ओलीको रबिलाई गृहमा फर्काउन पर्ने दवाब छ । साथै, रबि आफैंले प्रधानमन्त्री प्रचण्डलाई लगातार भेटिरहेका छन् । रबि र प्रचण्डबीच हिजो भएको भेटमा उनले गृहमन्त्रीमा नियुक्तिका लागि पाँच बजेसम्मको अल्टिमेन्टम दिएपनि त्यसमा प्रचण्ड सरकारात्मक देखिएनन् ।

प्रचण्डले पार्टीका दुई प्रभावशाली नेता वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग गृहमन्त्रालय कसलाई दिने भन्ने बारेमा छलफल गरिरहेका छन् । सरकारको नेतृत्व गरेको दलले नै राज्यको आन्तरिक प्रशासन हेर्ने गृह मन्त्रालय पाउनुपर्ने माओवादी केन्द्रका नेताहरुको अडान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }