शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय बजेट: वर्षमा ७ लाखसम्म कमाउनेले कर तिर्नु नपर्ने


  • माउन्टेन खबर
  • बुधबार, माघ १८, २०७९
  • 210
    SHARES

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वर्षमा ७ लाखसम्म आम्दानी गर्नेले कुनै कर तिर्नुनपर्ने घोषणा गर्नुभएको छ । तर सोभन्दा बढी आम्दानी भएमा सम्बन्धित कर स्ल्याबको दर लागू हुनेछ ।

यसबाहेक पुराना ७ वटा कर स्ल्याब घटाएर अहिले ५ बनाइएको छ । तर, नयाँ कर प्रणालीमा केही कमी रहेको बताइएको छ । ७ लाखसम्म आम्दानी नहुँदासम्म कर नतिर्ने भए पनि त्यसपछिको रकममा अन्योल छ । वास्तवमा वित्तमन्त्रीले आफ्नो सम्बोधनमा नयाँ कर प्रणालीमा ७ लाखसम्म कर नलाग्ने स्पष्ट पार्नुभएको छ तर उहाँले पुरानो कर प्रणालीलाई पनि कायम राख्नुभएको छ ।

पुरानो र नयाँ कर प्रणालीमा अहिलेसम्म ५ लाखसम्म कर तिर्नु नपर्ने वित्तमन्त्री सीतारमणले बताउनुभयो । नयाँ कर व्यवस्थामा यो छुट रु ५ लाखबाट बढाएर ७ लाख पुर्याइएको छ ।

नयाँ कर प्रणालीमा ७ लाखसम्म आम्दानी भएकाले शून्य कर तिर्नुपर्नेछ । यससँगै उहाँले पुरानो कर प्रणालीमा पनि परिवर्तनको घोषणा गर्नुभएको छ । पुरानो कर व्यवस्थामा दुई लाख ५० हजारको छुटलाई बढाएर तीन लाख पुर्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }