शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

थाती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री दाहालको निर्देशन


  • माउन्टेन खबर
  • बुधबार, माघ १८, २०७९
  • 203
    SHARES

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिनु भएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिनु भएको हो । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पार्नु भयो । मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसदलाई विजनेश दिने सन्दर्भमा आ आफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईहरुले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ । त्यसमा हामी सबै लागि राखेका छौं । आज पनि हाम्रो प्रधानमन्त्री कार्यालयमा खासखास मन्त्रालय र मन्त्रालयका सचिवहरुको बैठक बसेर सो विषयमा छलफल गरिएको छ । रोकिएको विधेयकलाई छिट्टै अघि बढाउनुहोस भन्नु भएको छ ।’

मन्त्री किरातीले संसदलाई विजनेश समेत दिनुपर्ने भएकाले सबै मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयमा थाति रहेका विधेयकहरुलाई अघि बढाउन आवश्यक प्रक्रिया अघि बढाइएको पनि बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }