शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

क्यानको निर्णय: सन्दिपसहितको टिम घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 177
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने त्रिकोणीय सिरिजका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई समावेश गर्दै दोस्रो चरणको बन्द प्रशिक्षणमा रहने २० खेलाडीको घोषणा गरेको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका २० खेलाडीमा कप्तान रोहित पौडेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, ललित राजवंशी सन्दीप जोरा, भिम शार्की, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद सन्दीप लामिछाने र प्रतिश जिसी रहेका छन् ।

यस अघि २८ खेलाडीको सूचीमा रहेका शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाललाई भने समावेश गरिएको छैन ।

नेपालले आगामी फेब्रुअरी १४ देखि २१ सम्म काठमाडौँमै नामिबिया र स्कटल्याण्डसँग आइसीसी विश्वकप डिभिजन(२ अन्तर्गतको त्रिकोणीय सिरिज काठमाडौँमा खेल्दै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }