शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 194
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसिरहेको छ । बैठकमा सरकारमा बस्ने या बाहिरिनेबारे निर्णायक छलफल हुने रास्वपा नेताहरूले बताएका छन् ।

रवि लामिछानेलाई गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनिच्छुक देखिएको भन्दै पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको हो ।

सत्तारुढ गठबन्धनभित्र भएको भागबण्डाअनुसार गृहमन्त्री आफूहरूले नै पाउनुपर्ने रास्वपाको अडान छ । तर, प्रधानमन्त्रीका तर्फबाट सकारात्मक संकेत नआएपछि सरकारबाट हट्ने मनस्थितिमा लामिछाने पुगेको बताइएको छ ।

रास्वपाले गृहमन्त्रालयको विकल्पका रुपमा अर्को मन्त्रालय नस्वीकार्ने बताइसकेको छ । साथै गृहमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय लिने अधिकार पार्टीसँगै रहने उसको भनाइ छ ।

आजै मात्र पनि अध्यक्ष लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }