शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

मिस नेपालको आवेदन खुला


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 83
    SHARES

काठमाडौै । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्  । यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरू हुने आयोजकले जनाएको छ ।

नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसन आयोजना गरिने र स्थानिय प्रतिस्पर्धीलाई समेट्ने तयारी गरिएको द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताउनुभयो । काठमाडौं अडिसन आगामी चैत ४ गते तथा इटहरी, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीलगायतमा क्षेत्रीय अडिसन आवेदन सङ्कलन गरिएलगतै गरिने अध्यक्ष राजकर्णिकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ