मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकी आरोप


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २०, २०७९
  • 162
    SHARES

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको दाबी गरेको हो ।

एउटा बलुन मोनाटाको आकाशमाथि उडिरहेको पत्ता लागेको भन्दै पेन्टागनका अधिकारीहरुले बलुन उडिरहेको क्षेत्र वायुसेनाको आधार र आणविक अस्त्र भण्डारणको क्षेत्र भएको बताएका छन् । उक्त बलुन खसाल्न एफ–ट्वेन्टी टु फाइटर विमान तयार गरिए पनि ह्वाइटहाउसले मोनाटाको घना बस्तीमा बलुन खस्ने भन्दै त्यसो गर्न अनुमति नदिएको अमेरिकी रक्षा अधिकारीहरुले बताएका छन् ।

पेन्टानगका प्रवक्ता ब्रिगिडियर जनरल प्याट्रिक राइडरले अहिले भने चिनियाँ बलुन नागरिक उडान क्षेत्रमा रहेको र अमेरिकी जनताका लागि तत्काल क्षति पुर्‍याउने अवस्था नरहेको बताउनुभयो ।

विभिन्न च्यानल मार्फत चिनियाँ अधिकारीहरुसँग सम्पर्क गरेर सो विषयमा सचेत गराएको पेन्टागनका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }