शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

पानी (कविता)


  • -रितादेवी प्रधान
  • शनिबार, माघ २१, २०७९
  • 98
    SHARES

पानी

भगीरथको अथक प्रयासबाट
महादेवको जटाबाट
गंगामाताको रुपमा अवतरण भएकी पानी
तिमी अमृत हौ स्वास्थ्यको लागि ।
००
वर्षा तिमी आकाशबाट झर्दा पृथ्वीलोकमा
धरातलमा बग्दा कलकल नदी तिमी
महासागरमा अथाह गहिराइ तिमी ।
००
बाध्य हुन्छन् प्राणहीन स्थुल शरीर हुनु
तिम्रो अभावमा
धरतीका प्राणी सब
हुन्छन् धरातल सबै खण्डहर तिम्रो विलीनतामा
हुन्छन् असमर्थ कल्पना गर्नु
पानीविनाको संसार
तसर्थ भन्छन् ऋषिमुनिहरु
पञ्चतत्वमा एक तत्व हो पानी
००
यही जल वर्षा भइ रौद्र रुप लिई
पृथ्वीमा अवतरण भएमा
धरतीको सिञ्चन हैन
आउँछ महाविनाश
जीवन हैन मृत्यु बग्छ
००
पानीको कोमल स्पर्शले
जिन्दगीको आभास दिलाउँछ
फेरि त्यही गंगाजलको
आचमनले अन्त्य अवस्थामा
मृत्युको संकेत पनि गर्छ ।
त्यसैले पानी जीवन हो
पानी मृत्यु पनि हो ।
हे पानी तिम्रो महिमा अपरम्पार छ ।
तसर्थ
हे जल । हे पानी ।
पृथ्वीमा तिम्रो पदार्पण हुँदा

भयानक बाढी र विनाश होइन
धरतीको सिञ्चन भएर आउनु है
प्राणीको जीवन भएर आउनु है ।

-रितादेवी प्रधान

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ