बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ


  • माउन्टेन खबर
  • शनिबार, माघ २१, २०७९
  • 177
    SHARES

काठमाडौँ । वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुबै सुरक्षित रहेको बताएको छ ।

वायुसेवा सञ्चालक संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको हवाई सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो ।

संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताउनु भयो । उहाँले धेरै राम्रो हवाई सुरक्षा भएको देशहरुमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताउनु भयो ।

उहाँले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन,मौसम,प्राविधिक पक्ष,व्यवस्थापन,नियमन र मानविय गल्ति लगायतको कुनैपनि कारण हुनसक्ने बताउनु भयो ।

उहाँले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गर्नुभयो । उहाँले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पु¥याउन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिनको लागि नियमन निकायले थप सुरक्षित अवधारणाहरु ल्याउन जरुरी रहेको औंल्याउनु भयो ।

उहाँले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पु¥याएको उल्लेख गर्नुभयो । अध्यक्ष थापाले विमान काठमाडौं बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्ड्यन प्राधिकरणले बाहिरका विमानस्थलहरुमा प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराउनुपर्ने बताउनु भयो ।

उहाँले वायु सेवा कम्पनीहरु नेपालका सबै क्षेत्रमा हवाइ सेवा पु¥याउन तयार रहेको भन्दै सरकारले त्यही अनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गर्नुभयो । उहाँले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधारहरु उपलब्ध गराएमा काठमाडौं भन्दा बाहिरका विमानस्थलहरुमा हवाई कम्पनीका जहाजहरु जान तयार रहेको बताउनु भयो ।

अध्यक्ष थापाले काठमाडौं विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ रहेको तर काठमाडौं बाहिरका विमानस्थलहरुमा पार्किङकका लागि प्राप्त पूर्वाधारहरु नभएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकहरुको समेत सहकार्यमा ल्याएको बताउनु भयो ।

उहाँले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दाे बनाउन मदत पुग्ने बताउनु भयो । उहाँले प्राधिकरणले विगतमा भएको हवाई उडान मापदण्डहरु असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको स्पष्ट पार्नुभयो । उहाँले प्राधिकरणको नयाँ नियम सञ्चालक संघले तत्काल पालना गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनको लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले पप्राधिकरणले ट्राफिक कन्ट्रोलरहरुलाई दिने तालिम कमी भएको भन्दै तालिम बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले हवाई उडानको सुरक्षित बनाउनको लागि नियमन,तालिम र टेक्नोलोजी राम्रो आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको हवाई उडानमा राम्रो टेक्नोलोजीहरु प्रयोग नियमन राम्रो रहेको बताउनुभयो ।

उहाँले नेपालमा नम्बरका आधारमा विमानस्थलहरु बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको बताउँदै काम गर्ने जनशक्तिको अभाव भइरहेको गुनासो गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }