बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

लागुऔषधका प्रयोगकर्ता र अपराधिक घटनाहरु बढ्दै


  • माउन्टेन खबर
  • शनिबार, माघ २१, २०७९
  • 179
    SHARES

मधेस प्रदेश । लागुऔषधको प्रयोगका कारण मधेस प्रदेशमा अपराधिक घटनाहरु बढ्दै गएको भन्दै नेपाल प्रहरीले थप शतर्कता अपनाउन आग्रह गरेको छ ।
मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारणले खुला सीमानाकाका कारण पनि लागुऔषधका कारण विभिन्न अपराधिक घनाहरु बढ्दै गएका हुन् । खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिले हुने र त्यसले झनै विकृति र अपराधिक क्रियाकलापहरु बढ्नलाई मद्दत गरिरहेको छ । खुला सीमानाका कारण सुगम बनाउने भन्दा जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो । उहाँले खुला सीमाका कारण मधेसका जिल्लाहरुमा अपराध थपिँदै गएको र युवाहरु लागुऔषध लगायतको कुलतमा समेत फस्ने क्रम बढीरहेको बताउनु भयो । मधेस प्रदेश लागुऔषध दुव्र्यसनी र लागुऔषध कारोबारीहरुका लागि हबका रुपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाउने गरेको छ । गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागुऔषध नियन्त्रणमा लिएको थियो । जनकपुरधामबाट लागुऔषध सहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो । प्रहरी नायव उपरीक्षक क्षेत्रीले समाजमा लागुऔषधमा फसेको छ भन्नलाई परिवारले नै हिच्किचाउने र समयमा नै आवश्यक उपचार नगर्दा किशोरकिशोरीहरु कुलतमा झनै फस्न थालेको बताउनु भयो ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै लागुऔषध दुव्र्यसनमा संलग्न र लागुऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा समेत लिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध अन्तर्गत ७ सय १४ मुद्दा दर्ता भएका थिए भने ९ सय ९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मधेस प्रदेशमा लागुऔषधको उपलब्ब्धता सहज रहेकाले नै लागुऔषध दुव्र्यसनीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागुऔषध दुव्र्यसनी बिरुद्धको अभियानमा सहभागी हुँदै आउनुभएका स्पर्श नेपालका नविन मल्लिक बताउनु हुन्छ । उहाँले लाुगऔषधमा फसिसकेकालाई समयमै उपचार गर्ने हो भने ठिक हुने भएपनि लागुऔषधको सेवा गर्ने बित्तिकै समाजमा बिग्रियो भन्ने मानसिकता रहेको बताउनु भयो ।
त्यस्तै मधेस प्रदेशमा सीमापारिबाट मधेसका शहरसम्म लागुऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका शहरसम्म पु¥याउने र तेस्रो समूहले काठमाडौं लगायत ठूला शहरसम्म लागुऔषध पु¥याइ बिक्री वितरण गर्ने गरेको पाएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागुऔषध सेवनकर्ताहरु प्रायः एकान्त खोज्ने, लागुऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायका गतिविधिहरु देखाउने गर्दछन् ।
उहाँले लागुऔषधको सेवन गर्नेहरुलाई समयमै उपचार गर्नसके समस्याबाट मुक्त हुने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }