शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलः एपिएफ क्लव र न्यु डायमण्ड विजयी


  • माउन्टेन खबर
  • शनिबार, माघ २१, २०७९
  • 176
    SHARES

काठमाडौं । साविक विजेता एपिएफ क्लव र न्यु डायमण्ड स्पोटर्स क्लवले छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्व स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा न्यु डायमण्ड स्पोटर््स क्लवले विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई ३–० सोझो सेटमा पराजित गरेको हो । यस्तै दिनको दोस्रो खेलमा साविक विजेता एपिएफले पनि अर्को विभागीय टोली नेपाल पुलिसलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

पछिल्लो पटक सम्पन्न सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपमा च्याम्पियन तेस्रो भएको न्यु डायमण्डले त्रिभुवन आर्मीलाई २५–२०, २५–१४ र २५–१० ले स्तब्ध बनाएको हो । उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी शुरवात गरेको खेलमा न्यु डायमण्डकी रिया कुँवर प्लेयर अफ दि म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारिन् । यस जितसँगै न्यु डायमण्डले समूह तालिकामा स्पष्ट तीन अंक जोडेको छ ।

यस्तै शनिवार नै सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले पुलिसमाथि सहज जित निकालेको हो । पहिलो सेटमा ६–२ अगाडि रहँदै राम्रो शुरुवात गरेको पुलिसले लयलाई निरन्तरता दिन नसक्दा एपिएफलाई सोझो सेटमा नतिजा सुम्पिन बाध्य भएको हो । यस क्रममा एपिएफले खेल २५–२०, २५–२१ र २५–२१ ले आफ्नो पक्षमा पारेको छ । यससँगै एपिएफले पनि तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको छ ।

चार दिनसम्म सञ्चालन गर्ने प्रतियोगितामा साविक विजेता नेपाल एपिएफ क्लव, न्यु डायमण्ड स्पोर्टस क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लवको सहभागिता रहेको छ । यसअघि गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लवले पनि सहभागिता जनाउने भनिए पनि अन्तिम समयमा आएर यी दुई टोलीले नाम फिर्र्ता लिएका थिए । राउण्ड रोबिन प्रणालिमा सञ्चालन भएको प्रतियोगिताको शिर्ष दुई टोली उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् भने तेस्रो र चौथो स्थानका टोलीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा व्याक्तिगत विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको इमर्जिङ खेलाडी एक जनाले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगितामा आईतवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एपिएफ र आर्मी तथा दोस्रो खेल न्यु डायमण्ड र पुलिसबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }