
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार प्राधिकरणले एक सुचना जारी गर्दै प्रभु डिजिटल लिमिटेड र एलएनटी इन्फोटेकको अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको हो । प्राधिकरणले जारी गरेको सूचनाकाअनुसार यी कम्पनीहरुले नवीकरणका लागि प्रचलित नियमानुसार निवेदन पेस नगरेकाले लाइसेन्स खारेज गरिएको हो ।
लाइसेन्स खारेज गरिएको प्रभु डिजिटल प्रालिले प्रभु टिभी नामको प्रसारण माध्यम सञ्चालन गरिरहेको छ भने एलएनटी इन्फोटेक पोखरामा रहेर सुविधा तिइरहेको कम्पनी हो ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै दुवै कम्पनीलाई आगामी ३० दिनभित्र तिर्नुपर्ने रकम बुझाउन पनि निर्देशन दिएको छ भने अन्यथा प्रचिलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने प्राधिकरणले जनाएको छ ।