शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

परदेशी मन (पाठक प्रतिक्रिया)


  • तीर्थराज अधिकारी
  • शुक्रबार, फाल्गुन ५, २०७९
  • 661
    SHARES

परदेशी मन – तीर्थराज अधिकारी

पाठक प्रतिक्रिया-

अस्ति १,फागुन २०७९ तदनुसार 13 February 2023 को दिन हाम्रो पत्रमञ्जूषामा एउटा ठुलै बन्दी खाम प्राप्त भएको थियो। खोलेर भित्र हेरें। क्यलिफोर्नियको सरस स्वर रहेछ। संख्यामा ४२ओटा कवितै कवताले भरिएको “परदेशी मन”।

कवि भाइ डन कार्कीज्यूले मलाई पहिलेनै जानकारी गराई सक्नु भएको थियो, पठाउँदैछु भनेर। हात पर्नासाथ नपढी रहन सकिन। सामाजिक विसंगति, नैतिकमूल्य, गरीबी-अभाब, माया, प्रेम, शान्ति, मानवता, निष्कपटता, देशप्रेम, अशान्ति, वातावरण, शासन-विधि आदि यस्तै यस्ता सामाग्री समेटिएका मिठा मिठा कविता रहेछन्। एकै झमटमा धेरैन पढें।

कविता यथार्थ र कल्पनाको आधारमा लेखिन्छ। यस ग्रन्थमा कवि यिनै दुई विषयलाई जोड्नेगरी सेतुको रुपमा प्रकट भएका छन्। यस संग्रहमा वैचारिक, व्यवहारिक र सैधान्तिक तयारी छ। यसमा कविको हृदयबाटै आत्मीय उद्गार भेटिन्छ। पठकको मन आफूतिर तान्न सफल छन् कवि। यहाँ उनको उपस्थिथि सशक्त छ। आफ्नो लेखाइमा सफल छन्।

केही प्रसङ्ग-

नेपाल हाम्रो बुद्धको देश संसार झुक्दैछ

बुद्धत्व ज्ञान बढाउने तर्फ संसार फुक्दैछ

लुम्बिनी हाम्रो हो भूमि सिद्धार्थ जन्निए

के हो तराई के हो हिमाल नेपाली रमाए।- (बुद्धत्व खोइ?) पेज-१

प्रविधिको विकास र विज्ञानको आधुनिक चमत्कारले उकुसमुकुस भएका मानिसहरुमा आत्मज्ञान बोध तर्फ अभिरुचि जागेको छ्। यसैले गौतम बुद्ध शान्तिमयी जनताका लागि भगवान् भएका छन्। उनको जन्म स्थल तीर्थस्थलमा परिणत भएको छ। कालक्रममा बुद्धले अवलम्वन गरेको मार्ग शान्ति पथमा धेरै भन्दा धेरै श्रद्धालुको सहभागिता रहने छ। लुम्बिनी विश्वको तीर्थस्थल हुने कुरा निर्वविद छ। यो स्थल शान्तिको राजधानी हो।

नारीको स्थितिः-

आधा आकाश ढाक्ने नारीलाई

हिनताको दृष्टिले हेर्ने होइन

नारीको पौरखलाई उचित ठहर्‍याएर

हाम्रो समाज अझ मजबुत बन्ने छ।–( नरीको स्थिति)पेज ३७

“ अत्र नार्यस्तु पूज्यान्ते रमन्ते तत्र देवता”-मनु।

“मातृ समो गुरुर्नास्ति”। माता समान कुनै गुरु हुँदैनन्। माता सृष्टिकी सौन्दर्य हुन्। राजा जनकको राजदरबारमा गार्की नाम गरेकी सुप्रशिद्ध विदुषी थिइन्। नेपालकी गंगारानी, झाँसीकी लक्ष्मी वाई(महारानी) भारतकी अहिल्य उल्लेखनीय नारी हुन्। महिला समाज शिक्षित भए उनका सन्तान स्वतह सुसंस्कृत र परिस्कृत भएर समाजमा हुर्किएका हुन्छन्। आज नारीले सबै क्षेत्रमा पुरुषसंग साझेदारी निभाएका छन्।

स्त्री विमर्शको मूल अवधारणा के छ? त्यसको खोजी गर्नु पर्नेहुन्छ। परिष्कृत नारी लेखन पुरुषको विरोध होइन, नारी अस्मिताको खोजी हो। बदलिएको दाम्पत्य जीवनको संवन्ध-सन्दर्भमा पारस्पारिक मूल्य र मान्यतामा बदलाव आएको छ। नेपाली समाज नारीको अस्तित्व बोधको समस्याबाट धेरै समय अनभिज्ञ रह्यो। समाजको ध्यान बिस्तारैयतातर्फ आकृष्ट हुन थालेको छ।

प्रवासी मनः-

नेपाली आज जहाँ गए पनि

हाम्रो मनमा नेपाली सुगन्ध आउँछ

नेपाली आज जहाँ बसे पनि

विदेशी भडकावबाट बच्न खोज्छ।- (प्रवासी मन)पेज- ६३

जति नेपाली युवा परदेश जान्छन् आफ्नो नेपाली परम्परा र संस्कृतिपनि लिएर गएका हुन्छन्।प्रवासी नेपाली साहित्य नेपाली साहित्य नै हो, धारा मात्र आआफ्नो उपज हो।साहित्य त एक माध्यम हो।नेपाल भन्दा टाढा अन्यविभिन्न देशमा रहेका नेपालीहरूको अथक प्रयासबाट आज अन्तर्राष्ट्रिय नेपाली साहित्यसमृद्ध बनेको छ। प्रवासी साहित्यकारले आफ्नो कलमबाट आफ्नो अनुभव र भावना साझा गरेकोहुन्छ।आफू जहाँ रहे पनि मन रआत्मा देशकै माटोमा रहेको हुन्छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य विशेष कुनै दर्शन,सिद्धान्त तथा चिन्तन सँग जोडिएको छैन।यसले घर भन्दा पर आफूले भोगेको मानसिक अवस्था रदुःखको चित्रण पनि गरेको हुन्छ।तसर्थ यस प्रकारको साहित्यलाई साहित्यिक मापदण्डले मात्र हेर्नमिल्दैन।यसै भएर नै प्रवासीनेपालीहरूले आफ्नो लेखनको माध्यम नेपाली नै बनाए।प्रवासी नेपाली लेखकले प्रवासको संवेदनशीलतालाईनेपाली संस्कार सित जोडेर विषमता जति अक्षरमा उतारेका हुन्छन्।त्यही मेसोमा यी विषयहरू पनि समाविष्ट गर्दै संवेदनाको एउटा बिटो बनाउन सकेमा अन्तर्राष्ट्रयनेपाली साहित्य समाज सबैकोसह्राहनीय बन्न सक्ने छ र सकोस् पनि….।

माया हाम्रोः-

हाम्रो बाचा बन्धन नभुल तिमी

देउरालीमा सधैं तिमीलाई पर्खनेछु

सुख दुःखमा लुकामारी खेल्न

जनमभरि तिमीलाई साथ दिनेछु।–(माया हाम्रो)-पेज ७७

आशक्ति रहित प्रेम सच्चा प्रेम हो। प्रेम स्थिर हुन्छ। आकर्षण विकर्षण हुँदैन वास्तविक प्रेममा। स्वार्थ सहितको प्रेम राग हो। पौद्गलित वस्तु अस्थिर हुन्छ। संपूर्ण मानव मस्तिष्कमा सच्चा प्रेमभाव उत्पन्न भयो भने यो संसार बस्न योग्य रहन्छ। संपूर्ण प्राणीको कल्याण हुन्छ। हाम्रा धर्मशास्त्र तथा पूर्वीय दर्शनमा प्रेम प्रसंगहरु धेरै छन्। जस्तैः-राधा र कृष्ण, स्वर्गकी अप्सरा ऊर्वसी र राजा पुरुरवा, कामदेव र रती, शिव र सती, विम्विसार र अनुपाली, लैला र मजनु, शाहजहाँ र मुमताज आदि।पाल्पाका राणा कालीन शासक जनरल खड्ग शंशेरले आफ्नी रानी तेज कुमारीको स्मरणमा बि स १९५०को दशकतिर काली नदीको किनारमाय आकर्शक रानी महलको निर्माण गरेका थिए। यसलाई नेपालको ताजमहल पनि भनिन्छ। रानीमहललई मायाको प्रतीकको रुपमा हेरिन्छ। प्रेम दिवसको दिन यहाँ युगल जोडीको भीड लाग्ने गर्दछ।

विशेषः-

हामीले सर्वसमावेशी भाव स्थापित गर्नु छ। नेपाली साहित्यलाई विश्वमा छताछुल्ल पार्नु पनि छ। यस कामको लागि कवि आफ्नो लेखकीय तागत मार्फत परिचित छन्। यस कविता संग्रहमा उनिएका धेरै जसो कवितामा कविले दिमाग भन्दा दिलको प्रयोग गरेका छन्। यसै कारणले कविता सहज, सरल र पाठकको दिल छुने खालका छन्। सजिलै बुझ्न सकिने भाषामा ठुल्ठुला कुरा भन्न सिपालु रहेछन्,कवि। मेरो विचारमा पाठकले यी कविता असाध्य मन पराउने छन्।

पूर्वार्धमा प्रकृति प्रेम, राष्ट्रियता र देशप्रेम खचाखच पाइन्छ भने उत्तरार्धमा काव्यिक भवनामा केही परिवर्तन आएको महसुस हुन्छ। मानवीय सत्यतामा आफ्नो स्वर मिलाउन यिनले एउटा सुन्दर संसार रचेका छन्। कविता भाषाको त्यस्तो माध्यम हो जसबाट भावना व्यक्त गरिन्छ। यस्तै मन छुने भावना पस्किने कविको लेखनीमा अझ निखार आएको देख्न-सुन्न पाउँ, मेरो स्नेहाशीष छ।

छोटकरी जानकारीः-

समर्पण-स्वर्गीय मुमा दिवेश्वरी र बुबा हर्कबहादुर कार्की।

श्रीमती-तुलसा कार्की

प्रकाशक-अनेसास एल ए च्याप्टर, क्यालिफोर्निया, यु यस ए।

प्रकाशन प्रति-१००१

प्रकाशन मिति-२०७९

सर्वाधिकार -लेखकमा

कम्प्युटर-अनुगमन प्रकाशन, अनामनगर ,काठमाडौं

भेषबहादुर राउत, (आनन्द)

मुद्रण-अभिनय प्रिन्टिङ हाउस प्रा लि , काठमाडौं

आवरण-देवेन्द्र थुम्केली

मूल्य-रु२००/-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }