बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २४, २०७९
  • 289
    SHARES

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई “’ अनेसास डायस्पोरा नारीरत्न २०२३ ‘ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टीका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो ।

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउदै, अनेसासको केन्द्रीय अध्यक्षसमेत रहनु भएको खत्री अनेसासको बिओटी र केन्द्रको अध्यक्ष हुने पहिलो महिला हुनुहुन्छ ।

 साहित्य-प्रेमी रोहिणी शर्माको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ।

मार्च १०-१२ मा हुने बोस्टन साहित्य सम्मेलनमा साहित्यकार खत्रीलाई पुरस्कृत गरिने छ ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }