बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्वर्ग जानेबाटो ( लघुकथा)


  • गाेपीराम भण्डारी 'बटुवा'
  • आइतवार, फाल्गुन २८, २०७९
  • 297
    SHARES

No description available.

स्वर्ग जानेबाटो ( लघुकथा)
स्वर्गका देवताहरूको क्रिडास्थल,देवभूमी सिँचित गर्न इन्द्रले धर्तीमा मोतीको बर्षा गराएका रहेछन । सिँचित धर्तीपुरी नगरी सभ्य, भव्य र सुन्दर थियोे जहाँ मानवता पुलकित भई फक्रिरहेको थियो । संस्कृतिका भूषणमा जीवात्मा जीवित राखेर उत्कृष्ट बनेको मानव मस्तिष्कमा एकाएक समृद्धिको उत्कण्ठा बिजारोपण भयो । उत्कण्ठाले कालन्तरको स्थिरतामा हलचल ल्यायो । बिचलनको राप र तापले मोती बर्षा खडेरीमा रुपान्तरित भयाे । ओसिलो खोज्न नगरवासी टुकी बालेर हिँडन थाले ।

ओसिलो खोज्दा खोज्दै एकदिन भ्रान्तिपुरीको भुँडिखेल भन्नेस्थानमा एउटा अनौठो च्याउ भेटियो । च्याउको रुप प्रकृती र विशेषता हेर्दा नौलो भए पनि रङ्ग सुनौलो थियो । आयातित र प्रतिस्थापित च्याउको भेउ केबल चिर्केलाई मात्र थाहा थियो । नौलो च्याउमा लोभिएका लहडबहादुरहरूले झम्टन खाेज्दै थिए । चिर्केले रोक्दै भन्यो–“ए मनुवा हो यो स्वर्गबाट प्रेषित शान्ति र समृद्धिको बुटी हो । यसमा सबैको अधिकार छ तर हिस्सा लगाउन नपुग्ने भएकोले चन्दन बनाइ टिका स्वरूप सबैले लगाउनु पर्छ । टिका ग्रहण पश्चात हामी सबैको स्तर र अवस्था दुबै बदलिन्छ । हामी मानव बिकासको तेस्रो चरणमा प्रवेश गर्छौ जुन देवत्वको समिप हो ।”

चिर्केको वाणीले लालायित बनेका भ्रान्तिपुरीका मान्छे भुँडिखेलमा तछाड मछाड गर्न थाले । अवस्था बदल्न खनिएका अरिङ्गाल जस्ता मान्छेलाई व्यवस्थित गर्न झुण्डझुण्डमा विभक्त गरी कोही हानेश्वर, कोही गद्दारबार, कोही बरमहल, कोही झरमहल गरी विभिन्न स्थानका महलमा बाँड्यो । बार र महलमा आसन ग्रहण गरेका झुण्डलाई चिर्केले चन्दनेहरूद्वारा चन्दन लगाइदियो । चन्दनको वास्ना कोरोनाभन्दा तिव्र गतिमा फैलियो । बाह्रघण्टा नबित्दै चन्दनको राग बार ,महल, सडक हुँदै .. सर्वत्र फैलियो । सबै मान्छेलाई ठाउँका ठाउँ ढुङ्गा बनायो । सिसाको महलभन्दा बाहिर सबै ढुङ्गामात्र थिए । निस्पट काला ढुङ्गा …..!

सर्वत्रका मान्छे ढुङ्गा बनेकाे देखेर महलका चन्दनेहरूले चिर्केलाई सोधे –“महाराज सबैतिर ढुङ्गा मात्र छन्, मान्छे नै नभएको संसारमा हामी कसरी बाँच्ने ? मान्छे मान्छेको समुद्रमा खै मान्छे ?”

चन्दनेहरुको प्रश्नको जवाफमा चिर्केले हाँस्दै भन्यो –“ति चन्दन लगाईमाग्ने त किरा थिए । मैले ढुङ्गा बनाएँ । अब यि ढुङ्गाको प्रयोगगरी स्वर्ग जानेबाटो बनाउ छुँ । मान्छे खोज्ने धर्तीमा हैन,स्वर्गमा खोज्नुपर्छ । तिमीहरू ढुङ्गा बन्ने कि स्वर्ग जाने एउटा रोज्नुपर्छ ।” डराउँदै डराउँदै चन्दनेहरूले भने –“महाराज हामी पनि स्वर्ग जाने ।” भयभित चन्दनेहरूलाई आदेश दिँदै भन्यो–“ फटाफट ढुङ्गा चाङ् लगाऊ ।” “हवस्”-भन्दै चन्दनेहरूले ढुङ्गा चाङ् लगाउँदै स्वर्ग जानेबाटो बनाइरहेका थिए । खै ! कहिले पूर्ण हुन्छ स्वर्गको बाटो….!

-गोपीराम भण्डारी “बटुवा”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }