
काठमाडौँ । वरिष्ठ आँखारोग विशेषज्ञ प्राडा सविना श्रेष्ठ र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रको स्वरवद्ध ‘जिन्दगीको गोरेटोमा’ बोलको गित सार्वजनिक भएको छ ।
आइतबार युट्युब च्यानलबाट म्यूजिक भिडियोसहितको गित सार्वजनिक गरिएको हो । गितमा दिपक रमणको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा ईश्वर फुयाँल र प्रियांसु श्रेष्ठले अभिनय गरेका छन्।
जीवनको भोगाइसँग सम्बन्धित गित गाउने प्रयास गरेको भन्दै सबैलाई हेरेर प्रतिक्रिया दिन गायकद्धय श्रेष्ठ र मिश्रले आग्रह गरेका छन्।