शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

२०२६ को विश्वकपमा ४८ देश सहभागी हुने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १, २०७९
  • 204
    SHARES

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउने भएका छन्। यस अघि ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका थिए।

फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ । जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ ।

नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली हुने छन् ।

समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ। २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछ।

१६ शहरमा विश्वकप आयोजना हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }