बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १, २०७९
  • 188
    SHARES

सोल । उत्तर कोरियाले मङ्गलवार पनि दुई वटा छोटा दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ।

दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो ।

उत्तर कोरियाको बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी वासिङ्टन र सोलबीचको रक्षा सहयोग घनीभूत भएको छ ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा हतियारको होडबाजनी र परीक्षणको शृङ्खला तीव्र भएको छ ।

दक्षिण कोरियाका एक जना वरिष्ठ सैनिक अधिकारीका अनुसार आज प्रक्षेपण गरिएका क्षेप्यासत्र छ सय २० किलोमिटरसम्म उडेका थिए । उनले आफ्नो सैनिक दस्ताले निगरानी र सतर्कतालाई सुदृढ बनाएको बताएका छन् ।

जापान सकारका प्रवक्ता हिरोकाजु मात्सुनोले क्षेप्यास्त्र आफ्नो देशको जल क्षेत्रमा नखसेका बताएका छन् । यद्यपि उनले उत्तर कोरियाबाट थप उत्तेजक कारबाही हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिन अघि पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । फ्रिडम शिल्ड नाउँको अमेरिका–कोरिया सैन्य अभ्यास आगामी १० दिनसम्म जारी रहने छ ।

अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले उत्तर कोरिया क्रुद्ध भएको छ। उक्त अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ ।

प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिङ्गटनको वैमनस्यतापूर्ण एवम् उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ ।

साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।

सुरक्षा विश्लेषकहरूका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }