शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र युएई भिड्दै


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २, २०७९
  • 179
    SHARES

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाहुना टोली युएईसँग भिड्दै छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान ९:३० बाट सुरु हुदैछ । २०१९ बाट सुरु विश्वकप लिग-२ सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।

यही त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले युएईलाई १ सय ७७ रनको कीर्तिमानी रूपमा पराजित गरेको थियो । नेपाल आज पनि सोही लय दोहोर्‍याउने लक्ष्यमा रहेको छ । नेपालले लिग २का पछिल्ला ११ खेलमा १० जित हात पारेको छ ।

लिग-२ अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अङ्क बनाएको छ । आज खेलमा जित निकालेको खण्डमा नेपाल नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा रहेर लिग टू अन्त्य गर्दै जिम्बाबेको टिकट काट्नेछ ।

यता समान खेलबाट ३३ अङ्क जोडेको युएई छैटौँ स्थानमा छ । लिग-२ मा स्कटल्याण्ड शीर्ष स्थानमा रहँदै र ओमान दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगिसकेका छन् ।

अब शीर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अङ्कसहित तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित हाल पाँचौँ स्थानमा रहेको छ ।

आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै साझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहन्छ । यदि आजको खेलमा पराजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }