शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल–भारत साहित्य महोत्सव


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३, २०७९
  • 225
    SHARES

मोरङ । नेपाल–भारत तीन दिने साहित्य महोत्सव आजदेखि विराटनगरमा शुरु भएको छ । दुई देश साहित्यकारवीचको सम्बन्धनलाई प्रगाढ बनाउन उक्त सम्मेलनको आयोजना गरिएको हो । विराटनगर महानगरपालिका र कनितधरा साहित्य अकादमी मेरठ भारतद्वारा आयोजित उक्त महोत्सवमा नेपाल–भारतका साहित्य, कला सांस्कृतिक क्षेत्रमा तीन सय ५० जनाको सहभागिता रहेको छ ।

कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले महोत्सवको उद्घाटन गर्दै यसले दुई देशबीचको सम्बन्धन जनस्तरमा पुग्ने विचार व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाज निर्माण साहित्यको ठूलो भूमिका रहने बताउँदै यसको कुनै सीमा नहुने विचार राख्नुभयो ।

वरिष्ठ साहित्यकार दधिराज सुवेदी, कार्यक्रम संयोजक डा देवी पन्थी, गङ्गा सुवेदी, क्रान्तिधर अकादमीका अध्यक्ष डा विजय पण्डित र मीनकुमार नवोदितले राज्यले साहित्यको विकास एवम् साहित्यकारलाई उच्च सम्मान गर्नुपर्ने सुझाव दिनुभयो । महोत्सवमा पुस्तक विमोचन, बहुभाषी कवि सम्मेलन र सम्मान कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }