शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

सर्वसाधारणलाई बिनारोकतोक सामान्य सवारीमै कुमारी घर पुगे राष्ट्रपति पौडेल


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ४, २०७९
  • 42
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सर्वसाधारणलाई बिनारोकतोक सामान्य सवारीमै वसन्तपुरस्थित कुमारी घर पुगेका छन्।

शनिबार दिउँसो ४ बजे अघिपछि एक-एकवटा गाडीसहित पौडेल कुमारी घर पुगेका हुन्। राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।

कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि सर्वसाधारणलाई आउजाउमा रोक लगाइएको थिए। कारगेटमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरबाइकसमेत प्रयोग नगरी पौडेल वसन्तपुरस्थित कुमारी घर पुगेका हुन्।

आज बिहान राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजाको प्रसाद शीतल निवासमै पुर्‍याइएको थियो।

राष्ट्रपतिको सवारीमा जाम बढ्ने र सर्वसाधारणलाई दुःख हुने गरेको भन्दै आलोचना हुने गरेको थियो। राष्ट्रपति पौडेलले भने यस्तो दुःख दिने काम आफूबाट नहुने निर्वाचनअघिै नै बताएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ