बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक एक पक्षीय : अध्यक्ष लिङदेन


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ४, २०७९
  • 146
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ।

शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ। सरकारले कृषि मलमा कटौति गरेको अनुदानका बिरुद्धमा बैठकले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको बताए।

उनले भने, ‘बैठकले संसदीय दलको विधान पारित गरेको छ। विधान बमोजिम संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको छ। आजको बैठकमा संसदमा कसरी पेस हुने विषय र विभिन्न विधेयकको विषयमा व्यापक रुपले छलफल गरेको छौँ। संसदीय अभ्यासका बारेमा प्रदेश र संघका सांसदहरुलाई उपस्थित हुन संसदीय अनुशिक्षणका दिने निर्णय गरेका छौँ।’

अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा फरक मत राख्ने बताए। उनले यो विधेयक एक पक्षीय रहेको बिद्रोही पक्षको लागि मात्रै भएको आरोप लगाए।

उनले द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसदमा आफ्नो धारणा राख्ने पनि उल्लेख गरे।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक सम्बन्धी फरक मत राख्नेछ। यो विधेयक एक पक्षीय छ। खासगरी बिद्रोही पक्षको लागि मात्रै छ। द्वन्द्वको अर्को पक्ष र तेस्रो पक्ष आम पीडित जनाको पक्षमा सम्बोधन छैन। यसमा हामी संसदमा व्यापक छलफल गर्नेछौँ।’

पार्टीले संघीय र प्रदेश सांसदहरुलाई संसदमा उपस्थिति जनाउनेबारेमा प्रशिक्षण दिने निर्णय पनि गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }